ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पढाइ खर्च दिने नाममा लाखौँ असुलेपछि….


एबीसी न्यूज

काठमाडौं, ९ साउन । एक हजार रुपैयाँ दिए बालबालिकाको पढाइका लागि रु पाँच हजार आउँछ भन्दै पैसा उठाइन्छ । स्थानीय समुदाय पैसा आउने लोभमा खुरुखुरु आफ्नो र परिवारको कागजपत्रसहित रु एक हजार बुझाउँछन् । एक/दुई जना होइन पैसा बुझाउन सयौँ व्यक्तिको लर्को लाग्छ । यस्तो असुल कार्य जिल्ला वा विकट गाउँमा नभई मुलुकको राजधानी नै हुन्छ । जब प्रहरीमा घटना पुग्छ, स्थानीय समुदाय छाँगाबाट खसेजस्तो गरी तर्सन्छन् । यस्तै घटनाले अहिले दुई हजार ५०० भन्दा बढी स्थानीय पीडित बन्न पुगेका छन् ।

घटना काठमाडौँस्थित कोटेश्वरको हो । सर्भाइबल फाउण्डेशन नामक संस्थाले बालबालिकालाई पठनपाठनका लागि विदेशबाट पैसा आउने लोभ देखाएर हरेक व्यक्तिसँग रु एक–एक हजारका दरले रकम उठाएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अहिलेसम्म उनीहरुबाट झण्डै रु २५ लाख उठाएको पाइएको छ । अन्य सयौँ व्यक्तिसँग पनि रु एक हजारका दरले लाखौँ पैसा उठाएको भन्ने जानकरी आएकाले प्रहरीले थप अनुसन्धान गरिरहेको छ । “पैसा लिएको भनेर धेरैको निवेदन आएको छ, ठग्ने मनसायले नै गरीबसँग पैसा लिएको देखिन्छ, अनुसन्धान पछि धेरै कुरा बाहिर आउँला”, बोगटीले भन्नुभयो ।

नेटवर्किङ व्यवसायको नाममा करोडाँै रुपैयाँ ठगी गरेको घटना यसअघि पटकपटक भएको थियो । त्यस्ता घटना अहिले अलि सेलाएको छ । यसपटक अलि फरक किसिमबाट गरीब तथा विपन्न समुदायलाई प्रलोभनमा पारेर लाखौँ रुपैयाँ सङ्कलन गरेको घटना सार्वजनिक भएको छ ।

सर्भाइबल फाउण्डेशनले बालबालिकाको रजिष्ट्रेशनका लागि भन्दै व्यक्तिबाट रु एक हजारका दरले पैसा असुलेको हो । विदेशबाट पैसा आएपछि रु पाँच हजारका दरले दिर्ने भनेकाले आफूहरुले कागजपत्रसहित रु एक हजार दिएको बानेश्वर प्रहरी वृत्तमा पैसा फिर्ता माग गर्दै आइपुग्नुभएकी एक महिलाले बताउनुभयो । सयौँ महिला पैसा र कागजात फिर्ताको माग गर्दै प्रहरीमा आइपुगेका छन् ।

कुनै पनि संस्थाले यसरी पैसा उठाउन पाउने कानूनी प्रावधान नभएको प्रहरीको दाबी छ । संस्थाविरुद्ध ठगी गरेको भन्दै केही व्यक्तिले उजुरी गरेपछि प्रहरीले संस्थाका चार जना पदाधिकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेका संस्थाका अध्यक्ष आइस्था परियार, प्रमुख कार्यकारी अधिकृत ईश्वरसिंह राउत, उपाध्यक्ष सोमरसिंह घलान र कोषाध्यक्ष विष्णुमायाँ दाहाल छन् ।

उनीहरुलाई ठगी मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक ९डिएसपी० दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । संस्थाका महासचिव तेजबहादुर कार्की फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । पक्राउ परेकाले सबै काम कार्कीले गरेको भनेर बताइरहेको प्रहरीले बताएको छ ।

उक्त संस्थाले बढी पैसा आउने भन्दै रजिष्ट्रेशन शुल्कको नाममा पैसा असुलेको पाइयो, अहिलेसम्म झण्डै दुई हजार ५०० को नाम दर्ता भएको फाइल हामीले बरामद गरेका छौँ, ठगी मुद्दामा अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान गर्दैछौँ”, वृत्तका प्रहरी नायब उपरीक्षक रेग्मीले भन्नुभयो ।

स्थानीयका अनुसार झण्डै चार हजार व्यक्तिसँग पैसा असुल गरिएको छ । कतिलाई रसिद दिइएको छ भने कतिबाट त्यसै पैसा सङ्कलन गरिएको छ । प्रहरीको अनुसन्धानले रु २५ लाख रकम उठाएको अनुमान छ । उनीहरु पक्राउ परेपछि पैसा बुझाएका रकम र बुझाइएको व्यक्तिगत विवरण फिर्ताको माग गर्दै प्रहरीमा पुगेका छन् ।

संस्था भने समाज कल्याण परिषद्मा गैरनाफामुखी भनेर एक वर्षअघि दर्ता भएको पाइएको छ । बालबालिकाको विवरण पठाएपछि विदेशबाट पैसा आउने र त्यही पैसा वितरण गर्ने लोभमा गरीब परिवारले पैसा दिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com