ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्यविनायकमा पहिरोले घरदेखि सडकसम्म भत्कायो


एबीसी न्यूज
श्रावण ९, २०७६ बिहीबार  ६ : ५९ बजे

 

काठमाडौं, ९ साउन । लगातार परेको वर्षाका कारण भक्तपुरमा गएको पहिरोले सडक भत्काउनेदेखि बस्तीसमेत जोखिममा पारेको छ । सूर्यविनायक नगरपालिकाले जोखिममा परेको बस्ती नगरपालिकाका सबै क्षेत्रमा भएको क्षतिको अनुगमन गरेको छ ।

अनुगमन समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सूर्यविनायकका १० वटै वडाको अनुगमन गरेर क्षति विवरण सङ्कलन शुरु गरेको जानकारी दिनुभयो । उपप्रमुख बस्नेतका अनुसार वडा नं १ मा पहिरोले दुई वटा घरमा क्षति पुगेको, केही घर जोखिममा रहेकाले तत्काल पहिरो रोकथाम नगरे ठूलै क्षति हुने बताउनुभयो ।

त्यसैगरी वडा नं ४ मा अनन्तलिङ्गेश्वर जाने मुख्य सडक नै भत्किएको, अन्य दुई वटा सडकमा क्षति पुगेको, गुण्डु ७ र ८ भएर घ्याम्पेडाँडा जाने मुख्य कालोपत्र सडक पूरै पहिरोसँगै जाँदा यहाँ जाने यातायातका साधनसमेत एक सातादेखि बन्द भएको छ । घ्याम्पेडाँडा दुई वटा घरमा क्षति पुगेको छ ।

वडा नं ९ नङ्खेलमा खोलाको डिलमा घर बनाएका कार्की बस्तीको छ घर उच्च जोखिममा परेको छ । यहाँको छ घरलाई अन्यत्र बस्ती नै सार्नुपर्ने अवस्था देखिएको छ । वडा नं १० चित्तपोलमा तार जाली दिएर पहिरो रोकथामको प्रयास गरिएको छ भने पाँच वटा घर उच्च जोखिममा परेका छन् । जोखिममा परेका घरलाई वरिपरि नै त्रिपाल बेरेर राखिएको नगरपालिकाको उपप्रमुख बस्नेतले जानकारी दिनुभयो ।

उहाँले सबै वडाका अध्यक्षलाई आफ्नो वडामा भएको क्षतिको विवरण सङ्कलन गरेर नगरपालिकामा बुझाउन भनेको बताउनुभयो । नगरपालिकाका प्रमुख वासुदेव थापाले भने नगरपालिकाले बाढी, पहिरोपीडितका लागि नगरपालिकाले राहत उपलब्ध गराउने बताउँदै नगरपालिकाको बैठकले यसबारेमा निर्णय लिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com