ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीको दीर्घकालीन समाधान खोज्न सांसदको माग, राष्ट्रियसभामा कसले के भने?


एबीसी न्यूज
श्रावण ८, २०७६ बुधबार  ६ : ३२ बजे

 

काठमाडौं, ८ साउन । सांसद्ले समस्या आएपछि मात्र समाधान खोज्नेभन्दा पनि बाढी, पहिरो र डुबानजस्ता विपत् व्यावस्थापसम्वन्धी दीर्घकालीन समाधान खोज्नुपर्ने माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको विवरण लिने र राहतका कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा प्रस्तुत भएको “जरुरी सार्वजनिक महत्वको प्रस्ताव” माथिको छलफलमा भाग लिँदै सांसदले विपत् व्यवस्थापनसम्बन्धी पूर्व तयारीको आवश्यकता औँल्याउनुभयो ।

पूर्वमन्त्री तथा सांसद प्रभु शाहले तराई र पहाडका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानका कारण पीडित घरवार विहीनलाई कम्तीमा स्थायी टहराको व्यवस्था गर्नुपर्ने बताउनुभयो । सांसद ईन्दुकुमारी शर्माले प्रदेश नं–२ मा चुरे क्षेत्रको दोहनका कारण बाढी र डुबान झन झन बढ्दै गएको भन्दै “जरुरी सार्वजनिक महत्वको प्रस्ताव”माथि समर्थन गर्नुभयो ।

सांसद विमलप्रसाद श्रीवास्तवले पूर्व तयारी नभएका कारण कुलेश्वर र बल्खुलागतय काठमाडौँका विभिन्न स्थानमा आएको बाढी र डुबानबाट ठूलो क्षति भएको हुँदा आगामी दिनमा दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद प्रेम सुवालले नेपाल–भारत सीमावर्ती क्षेत्रमा लगाइएको बाँध र तटबन्धका कारण तराई क्षेत्र डुबानमा परेको भन्दै समाधानका लागि कूटनीतिक पहल गर्नुपर्छ भन्नुभयो ।

सांसद सरिता गिरीले जलस्रोतको वैज्ञानिक व्यवस्थापन शहरी बसोवासको व्यवस्थापन गर्नुपर्ने बताउँदै प्रस्तावको समर्थन गर्नुभयो । सांसद शिवकुमार मण्डलले नदी नियन्त्रणको विषयलाई सरकारले गम्भीरताका साथ लिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग

आफ्नै अभिव्यक्तिले घेरिए रास्वपा सांसद, बालेनको बचाउ गर्दा पुराना भाषण भाइरल

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

सुदन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com