ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वातावरण संरक्षणमा नेपालबाट सिक्न चाहन्छौँ – चिनियाँ टोली


एबीसी न्यूज
श्रावण ८, २०७६ बुधबार  ४ : १७ बजे

 

काठमाडौँ, ८ साउन । चीनका वातावरणसम्बन्धी उच्चअधिकारीहरुले नेपालले संरक्षण क्षेत्रमा जनसहभागितामा आधारित नमूना कार्यक्रमहरु सञ्चालन गरिरहेकामा प्रशंसा गर्दै आफूहरु त्यसबाट सिक्न इच्छुक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको चिनियाँ जनकाँग्रेस ९संसद्० को वातावरण तथा स्रोत संरक्षण समितिका अध्यक्ष काओ हुछङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर नेपालको अनुभवबाट आफूहरु सिक्न इच्छुक रहेको जानकारी दिएको हो ।

भेटमा दुई मुलुकबीच वन, वातावरण, वन्यजन्तु तथा समग्र जैविक विविधताको व्यवस्थापनका साथै वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो । सो अवसरमा मन्त्री बस्नेतले नेपालको वन तथा वातावरण, संरक्षण क्षेत्र, निकुञ्ज र आरक्षका छुट्टाछुट्टै कानूनी व्यवस्था र नियमावलीको व्यवस्थाबारे चिनियाँ टोलीलाई अवगत गराउनुभएको थियो ।

उहाँले राष्ट्रिय निकुञ्जहरुबाट भएको आम्दानीको ५० प्रतिशत हिस्सा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि खर्च गर्ने गरिएको जानकारी दिँदै त्यसले वन संरक्षणमा स्थानीयवासीको सहभागिता र स्वामित्व सुनिश्चित गर्दै आएको बताउनुभयो । मन्त्री बस्नेतले पृथ्वीको सुरक्षा र प्राणीजगत्को हित विश्वका सबै मुलुककोे अनिवार्य दायित्व भएको र त्यस विषयमा पनि नेपाल तथा चीनबीच सहाकार्य जरुरी भएकामा जोड दिनुभयो । राजनीति, कूटनीति, अर्थनीति तथा पर्यावरणलाई एकाकार गर्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री बस्नेतले हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगण्य अर्थात् ०.०२७ प्रतिशत रहे पनि अति प्रभावितको सूचीमा रहनु दुःखद विषय भएको उल्लेख गर्नुभयो । भेटमा अध्यक्ष हुछङले आफूहरु संरक्षण क्षेत्र र राष्ट्रिय पार्कसम्बन्धी नयाँ कानून मस्यौदा गर्ने प्रक्रियामा रहेको र त्यसैका लागि यहाँको अनुभव बुझ्न नेपाल आएको बताउनुभएको थियो । उहाँले वन, वातावरण, वन्यजन्तु संरक्षण र पर्यायवरणको क्षेत्रमा नेपाललले धेरै राम्रो काम गरेको बताउँदै आफूहरु नेपालको अनुभवबाट सिक्न इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो ।

चीन नेपालभन्दा भूगोलका आधारमा ठूलो भए पनि दुई देशबीच सदैव समानता, सहअस्तित्व र भ्रातृत्वमा आधारित सम्बन्ध रहेको चर्चा गर्दै उहाँले वातावरण संरक्षण र लजवायु परिवर्तनका क्षेत्रमा समेत नयाँ सहकार्यको जरुरी देखिएको औँल्याउनुभएको थियो । सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईको निमन्त्रणामा नेपाल आएको सो टोलीले यसअघि सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com