ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुक्त कमैया आर्थिक समृद्धिमा लाग्नुपर्छ– उपसभामुख थारू


एबीसी न्यूज

काठमाडौं, २ साउन । प्रदेश नं ५ का प्रदेशसभाका उपसभामुख कृष्णी थारूले मुक्तकमैयाको समस्या सरकारले अपनत्व गरिसकेकाले अब उनीहरु आर्थिक समृद्धिका लागि सक्रिय हुनुपर्ने बताउनुभएको छ । २०आँै कमैया मुक्ति दिवसका सन्दर्भमा आज नेपालगञ्जमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “मुक्त कमैयाहरु पनि अब आर्थिक समृद्धिका लागि सक्रिय हुनुपर्दछ ।”

पूर्व मुक्तकमैयासमेत रहनुभएकी उपसभामुख थारूले मुक्तकमैयाको समस्या स्वयम् सरकारले ग्रहण गरेर काम गरिरहेको अवस्थामा अब मुक्त कमैयाले आफ्नो आर्थिक समृद्धिका लागि पनि सरकारलाई सहयोग र समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मुक्त कमैयालाई अहिले रोजगारको आवश्यकता रहेकाले उनीहरुको जीविकोपार्जनका लागि प्रदेश सरकारले गत आर्थिक वर्षदेखि मुक्तकमैया, सुकुम्वासी, विपन्न महिला, जनजातिका लागि जीविकोपार्जनका लागि आयआर्जन भन्ने शीर्षकमा नै बजेट छुट्याएकोे जानकारी दिनुभयो । पुनस्र्थापनामा लामो समय लागेका कारण मुक्तकमैयाले ठूलो समस्या झेल्नु परेको उहाँको भनाइ छ ।

शिक्षा विनाको जीवन अधुरो हुने भएकाले शिक्षाको क्षेत्रमा सरकारले मुक्तकमैयालाई सहयोग गर्नुपर्ने आवश्यकता ठानेर प्रदेश ५ सरकारले यो वर्षको नीति तथा कार्यक्रममा कम्लहरी बालिकालाई महीनाको एक हजारको दरले छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरेर सराहनीय काम गरेको उहाँको भनाइ छ ।

उहाँले हिजोको दिनमा मुक्तकमैयालाई यिनीहरुको बाँच्ने आधार छैन जे गरे पनि हुन्छ भन्ने समाजको सोचाइ अन्त्य भइसकेको उल्लेख गर्दै समग्र मुक्त कमैयाभित्र पनि महिलाको अवस्थालाई दृष्टिगत गरी सशक्तीकरणमा ध्यान दिनुपर्ने विचार राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com