ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मार्खुमा पहिरामा परी आमा छोरीको मृत्यु


एबीसी न्यूज
असार ३०, २०७६ सोमबार  १ : ३५ बजे

 

मकवानपुर, ३० असार । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पहिरामा परी दुई जनाको मृत्यु भएको छ । लगातार परेको पानीसँगै आएको पहिराले आइतबार राति इन्द्रसरोवर–१ मा रहेको घर पुरिँदा आमा छोरीको मृत्यु भएको हो ।

पहिरामा पुरिएर मृत्यु हुनेमा मार्खुकी उमेर नखुलेकी कान्छीमाया बलामी र उनकी १८ वर्षीय छोरी बबिता बलामी रहेका छन् । पहिरामा मृतक कान्छीमाया बलामीकी ३८ वर्षीय बुहारी बेली बलामी घाइते भएको जनाइएको छ ।

पहिरामा घर पुरिएपछि बेपत्ता भएका दुई जनाको केहीबेरअघि मात्र शव निकालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले पहिराले पुरिएको अवस्थामा दुवै जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

गएराति नै पहिराले घर पुरे पनि स्थानीय बासिन्दाले बिहान मात्र थाहा पाएका थिए । बिहानपख छिमेकी बलामीकोे घर नदेखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि पहिरामा पुरिएकाको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । यो घटनासँगै मकवानपुरमा बाढीपहिरामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सम्बन्धित

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com