ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काशिल खोलामा दुईको शव फेला, नौ जना अझै बेपत्ता


एबीसी न्यूज
असार २९, २०७६ आईतबार  २ : २२ बजे

 

 

डोल्पा, २९ असार ।जाजरकोटको नलगाड नगरपालिका –१३ सँग सिमाना जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका–१ काशिल खोलामा शनिबार दिउँसो गएको पहिरोले मृत्यु हुनेको सङ्ख्य दुई पुगेको छ भने अझै नौ जना बेपता रहेका छन् ।

खराब मौसमका कारण खोजीकार्यमा समस्य भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । शनिबार दिउँसो साढे दुई बजे ५० मिटरमाथिबाट आएको पहिरोले झण्डै १५ भन्दा बढी घर जोखिममा परेका छन् । पहिरोका कारण काशिल लघुजलविद्युत् आयोजनाको पाइपलाइन बगाएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकामबाट झण्डै ४५ कोष टाढाको दूरीको रहेको काशिलस्थित बस्तीमा सदरमुकामबाट गएको सुरक्षा अधिकारी लगायतको टोली आज बिहान मात्र पुगेको थियो ।

टेलिफोन सेवा उपलब्ध नभएको सो ठाउँमा अग्ला डाडाँमा गएर मात्र सम्पर्क गर्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । अहिलेसम्म ४३ वर्षीय धर्मराज बोहोरा र चन्द्राकुमारी सार्कीको मात्र शव फेला परेको छ । माथि गाउँ र तल मुड्केचुला नदीको कटानका कारण अहिले बस्ती नै जोखिममा परेको अध्यक्ष शाहीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय र ईलस्थित प्रहरीचौकीमा सामान्य सम्पर्क भए पनि पहिरो गएको ठाउँबाट सिधा सम्पर्क गर्न समस्य भएको उहाँले बताउनुभयो ।

अध्यक्ष शाहीका अनुसार बाढीमा परी बेपत्ता हुनेमा वडा नं– १ का १२ वर्षीया धनरुपा बोहोरा, १२ वर्षीया सरिका बोहोरा र वृहस्पति बोहोरा, १३ वर्षीया सुना सार्की, २३ वर्षीय पञ्चे सार्की, २३ वर्षीया साउनी विक र रङ्गी बोहोरा, कालीबहादुर बोहोरा, लभकुमार रोकाय र नाम नखुलेको एकजना बच्चासहित नौ जना हुनसक्ने आँकलन गरिएको छ ।

घट्टामा अन्न पिस्न गएका बालबालिका पहिरोमा परेका थिए । सदरमुकाम दुनैबाट प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी र प्रहरी नायब उपरीक्षक अभदेश विष्टको नेतृत्वमा नेपाली सेना, प्रहरी र सशत्र प्रहरीको ३५ जनाको टोलीले शनिबार बेलुकी नै घटनास्थल गएको भए पनि आज बिहान मात्र पुगेको उहाँले बताउनुभयो ।

दुनैबाट घटनास्थल पुग्न एक दिन लाग्छ । बाढीले १५ वटा पानीघट्टा बगाएको छ । घटनास्थलमा उद्धार र व्यवस्थापनका लागि मौसम सुधार हुने वित्तिकै हेलिकप्टर लिएर थप सहयोग गर्न लागिएको पूर्व शान्तिमन्त्री तथा प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताउनुभयो । जाजरकोट नलगाड नगरपालिकाबाट नजिकपर्ने सो स्थानमा फोन सेवा उपलब्ध छैन ।

सडक सञ्जालसँग नजोडिएको उक्त ठाउँ निकै जटिल भूगोल र चटानले बनेको छ । चट्टानको बीचमा घोडेटो बाटो निर्माण गरी मुड्केचुला गाउँपालिका र जगदुला गाउँपालिका जाने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सम्बन्धित

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com