ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं १ मा बाढीले ९ जनाको मृत्यु, सात बेपत्ता


एबीसी न्यूज
असार २८, २०७६ शनिबार   ३ : ४२   बजे

 

काठमाडौँ, २८ असार । विगत चार दिनदेखि परेको अबिरल वर्षाका कारण प्रदेश नं १ अन्तर्गतका भोजपुर, खोटाङ, ओखलढुङ्गा, इलाम, झापा, सुनसरी, पाँचथर र मोरङ जिल्लामा गरी नौको मृत्यु भएको छ भने सात बेपत्ता भएका छन् ।

प्रदेश नं १ कार्यालय विराटनगरका अनुसार असार २६ गते भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका–७ बस्ने ६६ वर्षीय जगत्बहादुर राईलाई खोलाले बगाई मृत्यु भएको छ भने सोही दिन भोजपुर जिल्लाकै ट्याम्केमयुम गाउँपालिका–९ बस्ने १४ वर्षीय जनक विकको शौचालयले पुरेर मृत्यु भएको छ ।

यसैगरी असार २७ गते खोटाङ खोटेहयाङ गाउँपालिका–२ बस्ने २८ वर्षीया रेखा राई र उहाँका छोराहरु चार वर्षीय रोमन राई र सात महीनाको रोहन राईको आफ्नै घरले किचेर मृत्यु छ । सोही दिन खोलाले बगाउँदा ओखलढुङ्गा चिसुङ्खुगढी गाउँपालिका–४ बस्ने ८५ वर्षीया पासाङपुटी शेर्पा, इलाम चुलाचुली–१ बस्ने ५० वर्षीय अञ्चल लावती र झापा दमक नगरपालिका–१० बस्ने छ वर्षीया बालिका ऐलिजा न्यौपानेको मृत्यु भएको छ ।

यस्तै असार २६ गते खोलाले बगाई बेपत्ता भएका उदयपुर घर भई इटहरी –५ सुनसरीमा बस्ने ३५ वर्षीय सागर थापा आज बिहान मृतावस्थामा फेला परेका छन् ।

कार्यालयका अनसार बेपत्ता हुनेहरुमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने नौ वर्षीय दिवन राई, झापा भद्रपुर नगरपालिका–९ बस्ने ४५ वर्षीय सफल हज्दा, सुनसरी बराहाक्षेत्र–१ बस्ने १० वर्षीय अर्पन राई र मोरङ कानेपोखरी गाउँपालिका–२ बस्ने नाम, थर, वतन नखुलेका एक जनालाई खोलाले बगाई बेपत्ता बनाएको छ ।

भोजपुर रामप्रसाद राई गाउँपालिका–५ बस्ने ३५ वर्षीया मनकुमारी राई निजकै छोराहरु १७ वर्षीय शिवकुमार राई र १५ वर्षीय शक्तिकुमार राई आफ्नै भान्सा घरमा पुरिएर बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

आइतबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group