ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोले पुरिएर पाँचजनाको मृत्यु, ३ जना बेपत्ता


एबीसी न्यूज
असार २७, २०७६ शुक्रबार  २ : ०७ बजे

 

काठमाडौँ, २७ असार । लगातारको वर्षापछिको पहिरोले काभ्रेको बनेपा–३, चुनातालमा घर पुरि“दा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

रामप्रसाद दंगालको घर पुरिदा उनकी श्रीमती अन्दाजी ५५ बर्षीय गोमा र ७ वर्षीया नातिनी सुहावीको मृत्यु भएको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी नायव निरिक्षक बिष्णु सापकोटाले जानकारी दिनुभयो । घटनामा परी उनकी बुहारी सुशिला र जेठी नातिनी अनुष्का घाइते भएका छन् । त्यसैगरी, रामेछाप जिल्लाको रामेछाप नगरपालिका – ५ रामपुरमा आज बिहान गोठ भत्किँदा एक जना महिलाको ज्यान गएको छ । वर्षाका कारण गोठमा भल पसेपछि गोठ भत्किदा रामेछाप नगरपालिका –५ रामपुरकी ७१ वर्षीय पदमकुमारी सुनुवारका ज्यान गएको हो । गोठ भत्किदा गोठमा रहेका दुई वटा भैंसी समेत मरेका छन् । अविरल वर्षाले भोजपुरमा दुई जनाको ज्यान गएको छ । वर्षाको कारण घर भत्किँदा र चर्पी बगाउ“दा दुई जनाको ज्यान गएको हो ।

अविरल वर्षाले भोजपुरमा दुई जनाको ज्यान गएको छ । पहिरोले चर्पी बगाउ“दा चर्पीसंगै टेम्केमैयुम गाउ“पालिका–९ लेखर्कका जनक विकको ज्यान गएको हो भने रामप्रसाद राई गाउ“पालिका–७ बासिखोराका जगतबहादुर राईको घरको चुलि ग्राह्रो भत्किएर ज्यान गएको हो ।

खोटाङमा पहिरोले घर पुरि“दा खोटेहाङ गाउ“पालिका २ वाप्लुखा बाघपच्याङमा आमा र दुई नाबालक छोरा बेपत्ता भएका छन् । वर्षापछि आएको पहिरोका कारण विष्णु राईको घर पुरि“दा उहा“की श्रीमती रेखा राई र दुई नाबालक छोरा बेपत्ता भएका हुन् । आज बिहान झण्डै तीनरचार सय मिटर माथिबाट झरेको पहिरोले घर पुरिँदा आमा र दुई छोरा बेपत्ता भएको वडाध्यक्ष दिपेन राईले बताउनुभयो । पहिरोमा भागेर ज्यान जोगाएका विष्णुको पनि हातखुट्टामा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सम्बन्धित

२८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

जेनजी मुभमेन्ट नेपालद्वारा दुरुत्साहन मुद्दामा प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा उजुरी

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com