ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेखा अधिकृत भागेपछि बेनी नगरपालिकामा खैलाबैला


एबीसी न्यूज

 

काठमाडौँ, २७ असार । आर्थिक वर्षको अन्त्यमा सयौँ योजनाको भुक्तानी गर्नुपर्ने बेलामा बेनी नगरपालिकाका लेखा अधिकृत भागेपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ ।

एउटा विद्यालयका प्रधानाध्यापकसँगको सामान्य विवादको विषयलाई लिएर नगरपालिकाका लेखा अधिकृत नारायणप्रसाद सुवेदीले प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मालाई साउन ५ गतेसम्मको बिदा लेखेर भागेपछि बेनी नगरपालिकाका विभिन्न क्षेत्रका सयौँ उपभोक्ता समितिले नगरपालिकाबाट पाउनुपर्ने भुक्तानी रोकिएको छ ।

नगरपालिकाको प्रशासन तथा लेखा शाखामा भुक्तानी गर्नुपर्ने सयौँ योजनाका फाइलको चाङ लागेको छ । बेनी नगरपालिकाको स्वीकृत कार्यक्रमअनुसार विद्युतीय पुस्तकालय र विज्ञान प्रयोगशाला स्थापना गरी भुक्तानी लिन आएका बेनी नगरपालिका–२ भकुण्डेस्थित अर्जुन माविका प्रधानाध्यापक शिव खत्री र लेखा अधिकृत सुवेदीबीच बुधबार विवाद भएको थियो । लेखा अधिकृत सुवेदीले स्वीकृत कार्यक्रम र बजेट शीर्षकमा अन्य विद्यालयले नै भुक्तानी लगिसकेकाले थप भुक्तानी गर्न नसक्ने अडान लिएपछि विवाद शुरु भएको थियो ।

“आर्थिक वर्षको अन्तिममा लेखा अधिकृत हिँडेपछि नगरपालिका पूरै ठप्पै भएको छ । समस्या आएको भए सुल्झाउन सकिन्थ्यो तर बिल भुक्तानीको विषयमा लेखा अधिकृतलाई दुव्र्यवहार भएछ”, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले भन्नुभयोे, “बिदा लेखेर जानु भएको छ, फर्काउने प्रयत्न जारी छ, सम्भव भइरहेको छैन ।”

लेखा अधिकृत सुवेदीले प्रमुख प्रशासकीय अधिकृतलाई ‘आफूमाथि दुव्र्यवहार’ भएको लिखित रुपमा साउन ५ गतेसम्मका लागि घर बिदा मागेर निस्केपछि आर्थिक वर्षको अन्तिममा विभिन्न योजना र कार्यक्रमका भुक्तानी फाइल रोकिएका छन् । नगरपालिकाले ६ लाख ५० हजारका दरले तीन वटा माविमा ई–पुस्तकालयका लागि बजेट विनियोजन गरेको थियो । तर नगरपालिकाका शिक्षा शाखा हेर्ने अधिकृतले ‘भूलवश’ तीन स्कुल हुनुपर्नेमा चार वटा स्कुललाई ई–पुस्तकालय कार्यक्रम परेको जानकारी गराउँदा समस्या भएको नगरपालिकाले जनाएको छ ।

अर्जुन माविका प्रधानाध्यापक खत्रीले आफ्नो कुनै गल्ती नभएको बताउनुभयो । “योजना सम्पन्न भएपछि पूरै प्रमाणको फाइल बोकेर भुक्तानी लिन गएको थिएँ”, प्रअ खत्रीले भन्नुभयो, “प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत गरिसकेपछि फाइल लगेर लेखा अधिकृतकहाँ जाँदा उहाँले भुक्तानी दिन नमिल्ने भन्दै अपमानित गर्न खोजेपछि मैले ‘तपाइँलाई पनि कुनै शिक्षकले पढाएर नै यो ठाउँमा पुग्नुभएको हो, शिक्षकलाई अपमानित गरेर आफ्नो हैसियत नबिर्सनुहोस् भनेको हुँ’, प्रधानाध्यापक खत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com