ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मृत्युको आयु’ बजारमा


एबीसी न्यूज

 

काठमाडौँ, २६ असार । जनस्वास्थ्यविज्ञ तथा लघुकथा विधाका हस्ताक्षर रवीन्द्र समीरको नयाँ उपन्यास कृति ‘मृत्युको आयु’ बजारमा आएको छ । वैदेशिक रोजगारीका लागि खाडी मुलकमा पुगेका एक व्यक्तिको मृत्युपछि उनको आत्माको दृष्टिकोणबाट लेखिएको यो नवीनतम कृतिले वैदैशिक रोजगारीमा जानेहरुको कारूणिक कहरलाई काल्पनिक भाषामा प्रस्तुत गरेको छ ।

फाइनप्रिन्टले प्रकाशन गरेको कृतिमा संरचनात्मक नयाँपनको खोजी गरिएको छ । लघुकथाका रुपमा पढ्न सकिने ससाना कथालाई उनेर लेखकले उपन्यास तयार गर्नुभएको हो ।

यही नयाँपनलाई लक्ष्य गर्दै आख्यानकार नयनराज पाण्डेले एउटा खास किसिमको ढाँचामा आइरहेको नेपाली आख्यान क्षेत्रमा ‘मृत्युको आयु’ फरक खालको कथावाचन शैलीमा प्रस्तुत भएको जनाउँदै विप्रेषणका भरमा टिकिरहेको नेपाली अर्थतन्त्र र त्यसले व्यक्ति, परिवार र समाजमा पारिरहेको भयावह प्रभावको सशक्त एवम् मार्मिक चित्रणले उपन्यासलाई समकालीन समस्यासित जोड्ने आफ्नो भूमिकामा उल्लेख गर्नुभएको छ ।

स्वैरकाल्पनिक शैलीमा लेखिएको उपन्यास चोटिलो र मर्मस्पर्शी रहेको आख्यानकार अमर न्यौपानेले बताउनुभएको छ त्यस्तै लेखक तथा व्यवसायी जीवा लामिछानेले मृतकको आत्माले कहेको यो कथा मार्मिक र अझ बढी पीडादायी भएको जनाउनुभएको छ ।
लेखक समीरले लघुकथाहरुलाई बुनेर उपन्यास बनाउने प्रयोग गरेको बताउनुभएको छ । उहाँका अनुसार यसमा रहेका १६६ लघुकथा आफैंँमा स्वतन्त्र छन् । यिनबाट बनेको उपन्यास पनि आफंैँमा स्वतन्त्र रहेको उहाँको भनाइ छ । यसअघि चिकित्सक नाम डा रवीन्द्र पाण्डे हुनुभएका समीरका आठ लघुकथा सङ्ग्रह, एक एक मुक्तक सङ्ग्रह, नियात्रा सङ्ग्रह र संस्मरण प्रकाशित छन् । पछिल्लो कृति उहाँको बाह्रौंँ साहित्यिक कृति हो । उहाँले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुरस्कारलयायत थुप्रै राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त पनि प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com