ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत गौरा महोत्सव मनाइयो


एबीसी न्यूज
असार २५, २०७६ बुधबार  ६ : १२ बजे

 

 

काठमाडौँ, २५ असार । सदरमुकाम महेन्द्रनगरमा आज नेपाल– भारत गौरा महोत्सव मनाइएको छ । महाकाली साहित्य सङ्गमको आयोजनामा मनाइएको महोत्सवमा सुदूरपश्चिम प्रदेशका मौलिक संस्कृति, छलिया, हुड्केलीलगायतका नृत्य प्रस्तुत गरिएका छन् ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उद्घाटन गर्नुभएको गौरा महोत्सवमा सुदूरपश्चिम प्रदेशबाट लोप हुने अवस्थामा पुगेका मौलिक संस्कृतिको संरक्षण गर्न के गर्न सकिन्छ रु भन्ने विषयमा गहन छलफल गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका सह प्राध्यापक डा मुकुन्द कलौनीले थारु संस्कृतिका विषयमा, डा हरिशचन्द्र भट्टले सौका समुदायको संस्कृतिका विषयमा र भारतका प्राध्यापक तथा साहित्यकार डा राजशेखर सक्सेनाले तराईका राना समुदायको संस्कृतिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी, सुदूरपश्चिम विश्वविद्यालयका सह–प्राध्यापक खगेन्द्र जोशीले सीमा क्षेत्रका संस्कृतिमा पाइने समानता, महाकाली साहित्य सङ्गमका उपाध्यक्ष राजेन्द्रसिंह रावलले कात्युरी राज्यको इतिहास र ज्योतिष तथा साहित्यकार लक्ष्मीकान्त जोशीले गौरा पर्वका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्रमाथि आफ्ना धारण राख्दै सुप विश्वविद्यालयका पूर्व डिन डा टेकराज पन्तले कुमाउ र सुदूरपश्चिम क्षेत्रमा साझा संस्कृति तथा साझा देवीदेवता रहेका बताउनुभयो ।

उद्घाटन सत्र, कार्यपत्र सत्र र कविता वाचन सत्र गरी तीन चरणमा कार्यक्रम सप्पन्न गरिएको थियो । कविता वाचन कार्यक्रममा भारतका कवि विपीन जोशी, डा सक्सेना, रामरतन यादव तथा नेपालका कवि अम्बादत्त जोशी, वासुदेव पाण्डेय, कविराज भट्ट बिलौना, कृष्णदत्त चटौत कान्त, रमेश पन्त मितबन्धु, लक्ष्मीप्रसाद भट्ट बैरागी, रामचन्द्र नेपाल र जगदीश ओझाले यहाँका संस्कृतिका विविध पक्ष केलाउँदै कविता वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सम्बन्धित

२८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

जेनजी मुभमेन्ट नेपालद्वारा दुरुत्साहन मुद्दामा प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा उजुरी

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com