ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई क्विन्टल म्याद गुज्रेको पेय पदार्थ तथा अखाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट


एबीसी न्यूज
असार २५, २०७६ बुधबार  ५ : ०१ बजे

 

काठमाडौँ, २५ असार । संयुक्त अनुगमन टोलीले सिरहा सदरमुकामस्थित विभिन्न पसलबाट करीब रु एक लाख मूल्य बराबरको म्याद गुज्रेको पेय पदार्थ तथा अखाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला उद्योग वाणिज्य सङ्घको संयुक्त अनुगमन टोलीले सदरमुकाम सिरहा र माड्र बजारमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेको पेय पदार्थ तथा अखाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो ।

अनुगमनका क्रममा विभिन्न होटलमा म्याद गुज्रेको बियर, कोकाकोला, फेन्टालगायतका पेय पदार्थ तथा किराना पसलमा म्याद गुज्रेको मसला तेल, सागर दूध, राजनिवास, रजनिगन्धालगायतका करीब दुई क्विन्टलभन्दा बढी सामान फेला परेपछि नियन्त्रणमा लिई नष्ट गरेको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो ।

यस्तै मिठाई पसलमा मिठाई बनाउन प्रयोग गरिएका रङ मानव स्वास्थ्यमा असर गर्ने खालको पाइएको र ढक, तराजुसमेत कम तौलको पाइएकाले यी सबै सामान बरामद गरिएको प्रमुख सिंहको भनाइ छ ।

अनुगमनका क्रममा कतिपय व्यवसाय दर्ता नभएको, भ्याट बिल, प्यान बिल, मूल्यसूची नभएको भेटिएकाले त्यस्ता व्यवसायीलाई सात र १५ दिनको म्याद दिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशको बाटो अनुचित छ ः राजनीतिक विश्लेषक , आचार्य भिडियो

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

सम्बन्धित

२८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

जेनजी मुभमेन्ट नेपालद्वारा दुरुत्साहन मुद्दामा प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा उजुरी

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com