ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक शिक्षालाई समाजवादीतर्फ लैजानुपर्छ– मन्त्री पोखरेल


एबीसी न्यूज
असार २५, २०७६ बुधबार  ३ : २४ बजे

 

काठमाडौं, २५ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संविधानले नै मुलुकलाई समाजवादोन्मुख उल्लेख गरेकाले सार्वजनिक शिक्षालाई समाजवादीतर्फ लैजानुपर्ने बताउनुभएको छ ।

शिक्षा पत्रकार सञ्जाल र राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक शिक्षामा सबलीकरणः समाजवादी शिक्षा, अवस्था, चुनौती र अबको बाटो’ विषयक कार्यशाला गोष्ठीमा उहाँले उत्पादनमुखी शिक्षा नै आजको आवश्यकता भएकाले अबको शिक्षा समाजवादी हुने बताउनुभयो ।

मन्त्री पोखरेलले गरीब र धनीको पढ्ने शिक्षा नै सार्वजनिक शिक्षा भएकाले सिपसहितको समाजवादी शिक्षामा रुपान्तरण गरेर मुलुकको शिक्षा सुधार्नुपर्नेमा जोड दिँदै शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गति हटाएर २०७६ देखि २०८५ साललाई शिक्षा सबलीकरणको दशकका रुपमा लिनुपर्ने बताउनुभयो ।

सार्वजनिक शिक्षा सुधार गरे मात्र मुलुकको समृद्धि हुने बताउँदै उहाँले अरु देशको नक्कल गरेर होइन्, आफ्नै देश सुहाउँदो शिक्षा प्रणाली लागू गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको स्वामित्व स्थानीय तहले लिएकाले अब शिक्षामा विभेद अन्त्य भएको उल्लेख गर्दै शिक्षा नीतिको मस्यौदा अन्तिम चरणमा रहेको र वर्षे अधिवेशनसम्म शिक्षासम्बन्धी सबै विधेयक ल्याइने जानकारी दिनुभयो ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले ‘नेपालमा समाजवादी शिक्षाको अवधारणा, आधार र भविष्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अहिलेको शिक्षा विचौलिया शिक्षा भएकाले यसमा रुपान्तरणको आवश्यकता रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता डा गङ्गालाल तुलाधार र सांसद बद्री पाण्डेले उत्पादनमुखी, सिर्जनशील र उद्यमशीलता शिक्षा आजको आवश्यकता हो भन्नुभयो ।

नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष गुरुराज घिमिरेले अहिलेको शिक्षाले मुलुकको विकासमा कुनै पनि योगदान गर्ने नभएकाले शिक्षा नीति स्पष्ट बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले संविधानमा समाजवादोन्मुख भने तापनि कस्तो किसिमको समाजवाद र शिक्षामा कस्तो खालको समाजवादी ल्याउने भन्नेमा राजनीतिक दलबीचनै अस्पष्ट रहेको बताउनुभयो ।

शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला र मनप्रसाद वाग्लेले समाजवादको बहस गरे पनि अझै समान्तवादको चरित्र देखाइरहेकाले समाजवादी शिक्षा ल्याउन अझै समय लाग्ने बताउँदै स्थानीय तहमा सिपलाई उपयोग गर्ने खालको शिक्षा लागू गर्नुपर्ने र त्यही सिपबाट सिकेको शिक्षाले स्थानीय तहमा उत्पादन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशको बाटो अनुचित छ ः राजनीतिक विश्लेषक , आचार्य भिडियो

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

सम्बन्धित

२८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

जेनजी मुभमेन्ट नेपालद्वारा दुरुत्साहन मुद्दामा प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा उजुरी

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com