ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिंसापीडित महिलालाई सुरक्षित आवास गृह


एबीसी न्यूज

 

काठमाडौं, २५ असार । विभिन्न कारणले हिंसामा परेर कष्टकर जीवन बिताउन बाध्य महिलाको सहज जीवनयापनका लागि गण्डकी प्रदेशमा सुरक्षित आवास गृह निर्माण थालिएको छ ।

विभिन्न सरोकारवाला निकायले पटकपटक उक्त आवासगृहका लागि दबाब र ध्यानाकर्षण गराउँदै आएकामा सामाजिक विकास मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा रु एक करोडको लागतमा उक्त महानगरपालिकाको वडा नं ३३ मा यस्ता घर निर्माण भइरहेको नगर उपप्रमुख मञ्जु गुरुङले जानकारी दिनुभयो ।

निर्माण थालिएका ती भवन निरीक्षण गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले भन्नुभयो, “निर्माण कार्य तीव्ररुपमा भइरहेको रहेछ । भवन निर्माणपछि हिंसापीडित महिलाको उचित व्यवस्थापनमा लाग्नेछाँै ।”

उक्त भवन बनाउनका लागि गत फागुन २३ गते ती दुई निकायबीच सम्झौता भएपछि वडा नं ३३ मा २० रोपनी जग्गा उपलब्ध गराएर अहिले दुई तलाको भवन र पर्खाल लगाउने काम भइरहेको त्यहाँका वडाध्यक्ष शिव आचार्यले जानकारी दिनुभयो ।

घरेलु हिंसालगायत शारीरिक र मानसिक हिंसामा परेका महिलाको सुरक्षाका लागि सरकारी तहमा आवास गृह नहुँदा सडकमै जीवनयापन गर्न पीडित महिला बाध्य थिए । महिला बालबालिका र मानसिक स्वास्थ्यमा काम गर्दै आएको ‘कोपिला’ नामक गैरसरकारी संस्थाले केही महिलालाई उद्धार गरेर अल्पकालीन सुरक्षित आवास उपलब्ध गराउँदै आइरहेको छ । हाल सो संस्थाले ३६ हिंसापीडित महिलालाई आश्रय दिइरहेकामा १० वर्षमुनिका बालबालिका पनि छन् ।

सो संस्थाले त्यस्ता महिलाको सुरक्षा, मानसिक स्वास्थ्य उपचार, मनोविर्मश गराउँदै आएको कोपिला नेपालका कार्यकारी निर्देशक बीना सिलवालले बताउनुभयो । “हामीले आर्थिक स्रोतको अभाव हुँदा पनि सडकमा महिलाको विचल्ली देखेर उद्धार ग¥र्यौं तर दिनदिनै हिंसामा परेर विक्षिप्त भएका महिला थपिँदै गएकाले अब धान्न नसकिने भयो”, निर्देशक बीना सिलवालले भन्नुभयो, “सरकारले भवन निर्माण गरेपछि उचित व्यवस्थापन गर्नेछ भन्नेमा विश्वस्त छौँ ।”

“हामीले निकै कठिन अवस्थामा पनि मानवीय कर्तव्य पूरा गर्नाका साथै स्वास्थ्य सुधार भएकालाई विभिन्न सीपमूलक तालीम प्रदान गर्दै परिवारको पहिचान गरेर पुनःस्थापना पनि गर्दै आइरहेका छौँ ।” अब यो जिम्मेवारी राज्यको हो । हामी सहकार्य गर्न तयार छाँै, उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com