ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षात् शुरु भएसँगै सुनसान सौराहा


एबीसी न्यूज

 

काठमाडौं, २४ असार । वर्षात् शुरु भएसँगै पर्यटकीय क्षेत्र सौराहा सुनसान हुन थालेको छ । विगतका वर्षको तुलनामा यो मौसममा निकै कम पर्यटक आएको व्यवसायीले बताएका छन् ।

क्षेत्रीय होटल सङ्घ चितवनका कार्यवाहक अध्यक्ष दीपक भट्टराईका अनुसार असार महीना शुरु भएदेखि पर्यटकको सङ्ख्या निकै कम छ । उहाँका अनुसार गाडीबाट आउने पर्यटक दैनिक ५० जनासम्म पुग्न मुस्किल भएको छ । समूहमा आउने पनि कम छन् ।

गत वर्ष यतिबेला दैनिक १५० भन्दा बढी पर्यटक गाडीमा आउने गर्दथे । पर्यटक अस्वभाविक रुपमा कम आएपछि कतिपय होटलले मजदूरलाई खेत रोपाइँमा जान बिदा दिन थालेका छन् ।

विसं २०७२ साल अघिसम्म यो मौसम होटलले मजदूरलाई छुट्टी दिने गरेका थिए । त्यसपछिका वर्षमा बिदा नदिएको भए पनि यस वर्ष केही होटलले पर्यटक निकै कम भएपछि मजदूरलाई बिदा दिन थालेका हुन् । होटलमा पर्यटक नहुँदा मजदूरलाई खुवाएर पाल्नुको सट्टा घरको काम गर्न बिदा दिएपछि खुवाउने खर्च जोगिने गर्दछ ।

सङ्घका महासचिव राममणि खनालले सशस्त्र द्वन्द्वको समयमा जस्तै गरी पर्यटकमा कमी आएको बताउनुभयो । विसं २०५८ देखि २०६४ सालसम्म पर्यटक आगमनमा निकै कमी आएको थियो । त्यसैलाई झझल्को दिने गरी पर्यटक आगमनमा गिरावट आएको खनालले जानकारी दिनुभयो । गर्मी बढेको, अन्यत्र क्षेत्र विस्तार भएको, निकुञ्जभित्रको गतिविधिमा हुने कमीलगायतका कारण पर्यटक आगमनमा गिरावट आएको अनुमान गरिएको छ ।

सौराहामा ११० वटा पर्यटकीय होटल रहेका छन् । यी होटलहरुमा दुई हजार ७५० जना पर्यटक बस्न सक्ने क्षमता रहेको छ । आर्थिक वर्षको मसान्तको समयमा पर्यटकमा निकै कमी आएपछि होटललाई बैंकको ब्याज र किस्ता भुक्तानीमा समेत समस्या देखिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा घुम्ने पहिलो उद्देश्य लिएर यहाँ पर्यटक आउने गर्दछन् । अहिले आएका न्यून पर्यटक चिनियाँ, भारतीय र नेपाली छन् । सौराहा आउने पर्यटकहरुको बसाइ पनि निकै कम हुने गरेको छ ।

वर्षायाममा जङ्गल सफारी नहुने र वर्षाको कारण हिँडडुल गर्न पनि कठिनाइ हुने हुँदा पर्यटक एक दिन बसेर फर्किने गर्दछन् । यही असार २१ बाट जङ्गल सफारी बन्द गरिएको छ । दुई वर्षअघि वर्षाले सौराहाका अधिकांश होटल डुबानमा परेपछि पर्यटकको उद्धार गर्नुपरेको थियो । वर्षाका कारण मुग्लिन–नारायणगढ खण्डको सडकमा पटकपटक पहिरो जाने गरेकाले पनि पर्यटकहरुले चितवन भ्रमणलाई प्राथमिकतामा नराखेको व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com