ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक


एबीसी न्यूज

काठमाडौं, २४ असार । आज मंगलवार मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो ।

आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाउनु भएको हो ।। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले सरकारका कामका विषयमा छलफल गर्न मन्त्रीपरिषदको बैठक भएको बताउनुभयो । यो आकस्मिक नभएर हिजोकै निरन्तरता हो संयोजक अधिकारीले भन्नुभयो ।’

यसअघि सोमबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । सो बैठकमा मन्त्रीहरूको रिपोर्टिङ सुनेका प्रधानमन्त्रीले मंगलबार बिहानको बैठकबाट यसबारे ठोस निर्णय लिने अनुमान गरिएको छ । मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्दै आएको छ । बैठकका निर्णय एक सातापछि सार्वजनिक गर्ने गरिएको छ ।

सोमबार मन्त्रिपरिषद बैठकमा छलफलका लागि रहेका एजेण्डामा छलफल बाँकी नै रहेकोले आज बिहान त्यसैको निरन्तरताका लागि बैठक बोलाईएको हो,’प्रधानमन्त्री निकट स्रोतले भन्यो, –‘यो सामान्य बैठक हो । तरंगित भईरहनु पदैन ।’

सोमबार प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल बीच बालुवाटारमा छलफल हुनु, दिउँसो ४ वजे मन्त्रिपरिषद बैठक बस्नु , लगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गर्नु र आज बिहानै वालुवाटारमा मन्त्रिपरिषद्को बैठक वोलाउनुले प्रधानमन्त्रीले केही नयाँ स्टेप चाल्दै पो छन की भन्ने आशंका भने मानिसहरुका बीचमा नजन्माएको होइन ।

कतै प्रधानमन्त्रीले मंगलबार नै मन्त्रिपरिषद् हेरफेरको तयारी पो गर्दैछन् की भन्ने प्रश्न पनि अहिले उठिरहेको छ । तर प्रधानमन्त्री निकट स्रोतले त्यस्तो कुनै योजना नरहेको बताएको छ ।

‘त्यस्तो योजना आजै(मंगलबार)का लागि छैन’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो,–‘सोमबार प्रधानमन्त्रीले राष्ट्रपतिसँग नियमित भेटघाटका लागि समय लिईसक्नु भएको थियो । मन्त्रिपरिषद बैठक चलिरहेकै बेला प्रधानमन्त्रीले लिएको समय भएपछि प्रधानमन्त्रीले बैठक भोलि बिहानै बस्यौं, अहिले म राष्ट्रपतिसँग भेट गर्न जानु छ भनेर जानुभएकोले त्यही बैठकका छलफल एजेण्डामा छलफल गर्न अहिले बिहान बैठक बोलाईएको हो ।’

राष्ट्रपति कार्यलयले पनि प्रधानमन्त्रीसँगको सोमबार साँझको भेट नियमित प्रक्रिया अन्र्तगतको भेटघाट मात्र भएको प्रष्टिकरण दिएको छ । ‘बाहिर के हल्ला छ थाहा छैन, तर उहाँहरुको भेटघाट नियमित हो,’– राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com