ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साधुको भेषमा मन्दिरका पुजारीद्धारा दुई वर्ष देखि बालिका माथि यौन दुब्र्यवहार


एबीसी न्यूज

 

काठमाडौं, २३ असार । साधु सन्तलाई सबैले सम्मानको दृष्टिले हेर्ने गर्छन् तर जनकपुरका एक बाबाले एक बालिकालाइ यौन दुव्र्यवहार गरेको बाहिरिए पछि उनलाइ केहि दिन अघि भारतमा चर्चित यौन दुव्र्यवहार गरेका साधु रामरहिमको उपमा दिएको छ् ।

साधुले समाजलाई असल संस्कार सिकाउन भूमिका खेल्छन् भन्ने मान्यता छ । तर, जनकपुरमा एक साधु भेषधारीले निन्दनीय कुकर्म गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका९८ स्थित तुलसी स्मारकका पुजारी शिवशंकर दासले साना बालिकामाथि यौन दुव्र्यवहार गर्दै आएको घटना सार्वजनिक भएको छ । मन्दिरमा पुजापाठ गर्ने नाममा दासले बालबालिकालाई निःशुल्क ट्युशनसमेत पढाउने गरेका थिए । ट्युशन पढ्न जाने साना बालिकामाथि उनले दुष्कर्म गरेको आरोप लागेको छ । रामानन्दीय बैष्णव संघका तत्कालीन अध्यक्ष तथा रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवल भारत घर भएका शिवशंकरलाई ५ वर्ष अगाडी तुलसी स्मारकमा पुजाआजा गर्ने जिम्मेवारी दिएका थिए ।

साधुको भेष धारण गरेका शिवशंकरले पछिल्लो दुई वर्षदेखि बालबालिकाहरुलाई पढाउने नाममा यौन दुर्व्यवहार गर्ने गरेको एक बालिकाका अभिभावकले बताएका छन् । उनले भने ‘मेरी ८ वर्षीया छोरीले बाबासँग पढ्न नजाने भनेर जिद्दी कारण बुझ्दा बाबाको कुकर्मका बारे थाहा पायांै,’ पीडित बालिकाका अभिभावकले भने, ‘बाबाको कर्तुतका बारेमा आवाज उठाएका थियौं तर, रामानन्दीय वैष्णव संघका तत्कालीन अध्यक्ष वैकुण्ठले उनको बचाउ गरे।’ वैकुण्ठकै डरका कारण कसैले पनि ती बाबाको खुलेर विरोध गर्न नसकेको अभिभावकले गुनासो गरे । हत्याकाण्डमा वैकुण्ठलाई १२ वर्षको जेल सजाय सुनाइएपछि उनका सहयोगी दुष्कर्मी बाबाको विरोधमा सर्वसाधारणले बोल्न सकेका हुन् ।

वैकुण्ठ हाल फरार छन् । दासले पढाउने बहानामा अन्य दुईजना बालिकाहरुसँग पनि दुष्कर्मको प्रयास गरेकाअभिभावकहरुले दाबी छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षमा विभिन्न संघसंस्था र साधुसन्तसहितको बैठकले साधुको भेषमा दुष्कर्म गर्ने दासलाई कारवाहीका लागि प्रहरी प्रशासनमा जाने निर्णय गरेको छ ।

आइतबार धनुषाका प्रहरी उपरीक्षक शेखर खनाललाई साधुसन्त र संघसंस्थाका प्रतिनिधिले ज्ञापन पत्र समेत बुझाएका छन् । उपरीक्षक खनालले पीडित बालिकाहरुको बयानपछि मात्रै ती साधुमाथि अनुसन्धान सुरु हुने भन्दै अभिभावकलाई निवेदन दिन आग्रह गरेका छन् । आफ्नो दुष्कर्म सार्वजनिक भएको थाहा पाएपछि शिवशंकर दास फरार भएका छन् । उनी आइतबार बिहानैदेखि मन्दिरमा नरहेको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com