ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीयस्थल विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तह मिल्ने– अर्थमन्त्री खतिवडा


एबीसी न्यूज
असार २३, २०७६ सोमबार  ५ : १९ बजे

 

काठमाडौं, २३ असार । अर्थमन्त्री युवराज खतिवडाले पर्यटक गन्तव्यका रुपमा छुटेका र आकर्षण गन्तव्य रहेका पर्यटकीयस्थलको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहले मिलेर काम गर्ने योजना बनाइएको जानकारी दिनुभएको छ । विनियोजन विधेयक, २०७६ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोग तथा राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका विभिन्न शीर्षकमा विनियोजन बजेट र कार्यक्रमबारे राष्ट्रियसभामा सदस्यले उठाएको प्रश्नको प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै उहाँले धार्मिक, सांस्कृतिक, साहसिक र मनोरञ्जन क्षेत्रका पर्यटकीय गन्तव्यलाई आर्थिक विकास र रोजगारीको सिर्जनाको अवसरका रुपमा विकसित गर्ने प्रयास भइरहेको बताउनुभयो ।

प्रदेश र स्थानीय तहका पर्यटक गन्तव्यको विकास गर्न सङ्घको मुख ताक्नुपर्ने आवश्यकता नरहेको बताउँदै मन्त्री खतिवडाले मुलुक धर्मनिरपेक्ष भइसकेका अवस्थामा धार्मिकस्थल र प्रतिष्ठानलाई सरकारले वित्त व्यवस्था कतिसम्म गर्न सक्छ भनी सोच्न र विचार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले भएको स्रोतको अधिकतम उपयोग गरेर अघि बढ्नेतर्फ हाम्रो ध्यान जान जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो, “ सरकारले नेपाल वायु सेवा निगमको वाइड बडी जहाजको भारी बोक्नु परेको छ, उक्त संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न रणनीतिक साझेदार ल्याउने काम निकै अघि बढेको छ, विमानले खर्च गर्न सक्ने पर्यटक बोकेर आउनुपर्छ, व्यावसायिक उडानका लागि साउदी अरब, जापान र चीनको ग्वान्जाओजस्ता आकर्षक गन्तव्यस्थलमा विमान लाने प्रयास भइरहेको छ ।

अन्तरराष्ट्रिय क्षेत्रका लगानीकर्ताले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा इच्छा प्रकट गरेकाले उपयुक्त लगानीकर्ताको छनोट गरी आयोजना निर्माण सञ्चालनका लागि हस्तान्तरण गर्ने पक्षमा सरकार रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशको बाटो अनुचित छ ः राजनीतिक विश्लेषक , आचार्य भिडियो

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com