ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वित्तिय संस्थाहरुलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने– राष्ट्रपति


एबीसी न्यूज
असार २३, २०७६ सोमबार  २ : २८ बजे

 

काठमाडौं, २३ असार । राष्ट्रपति विद्या भण्डारीले बैंक तथा वित्तिय संस्थाहरुलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन आग्रह गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल राष्ट्र बैंकले जनताद्धारा संकलित निक्षेपलाई उत्पादनशील क्षेत्रमा लगानी गरेर मुलुकको आर्थिक विकास र सुशासनमा थप योगदान पु¥याउने विश्वास पनि व्यक्त गर्नु भयो । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रिय कार्यालय भवनको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गर्दै उहाँले वित्तिय संघ, संस्थाहरुलाई मुलुकको आर्थिक वृद्धि गर्न र वित्तिय अनुशासनलाई कायम गर्न नेपाल राष्ट्र बैंकले आवश्यक अनुगमन र नियमनको कामलाई प्रभावकारी बनाउने अपेक्षा पनि गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई जनताप्रति उत्तरदायी बनाउने गरी कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहँले मुलुकको आर्थिक विकासका लागि कृषि, उर्जा र पर्यटन क्षेत्रमा लगानी बढाइएको पनि बताउनु भयो ।

राष्ट्रपति भण्डारीले शिलान्यास गर्नु भएको सो भवन अगाडी दुई तला र पछाडी चार तलाको हुनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माणको जिम्मेवारी लिएको सो भवनको अनुमानित लागत २ अरव ८ करोड रहेको नेपाल राष्ट्र बैंकका डेपुटी भगर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिनु भयो ।

साँढे ६१ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सो भवन २०७८ साल भदौ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यस भवनको निर्माण कम्पनी भने सिके समानान्तर जेभी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशको बाटो अनुचित छ ः राजनीतिक विश्लेषक , आचार्य भिडियो

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com