ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनाले निर्माण गरेको खानेपानी ट्याङ्की र सत्तल हस्तान्तरण


एबीसी न्यूज

 

 

 

काठमाडौं, २३ असार । नेपाली सेनाको वीर दल गणले सूर्यविनायक नगरपालिका–९ पलासेस्थित पञ्चकन्या मन्दिर परिसरमा पाँच हजार लिटर क्षमताको खानेपानी ट्याङ्की र सत्तल निर्माण गरेको छ ।

नेपाली सेनाका उपत्यका पृतनापति नीरञ्जनकुमार श्रेष्ठ र सांसद महेश बस्नेतले आज संयुक्तरुपमा सो नवनिर्मित खानेपानी ट्याङ्की र सत्तल उद्घाटन गर्नुभयो । सो अवसरमा सांसद बस्नेतले सूर्यविनायकलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आन्तरिक एवं वाह्य पर्यटनको आकर्षणका रुपमा लैजाने बताउनुभयो ।

उहाँले आफू मन्त्री हुँदा पहिलो महीनाको तलब दिएर निर्माण शुरु भएको पञ्चकन्या मन्दिर परिसरमा अहिले नेपाली सेनाले पानी ट्याङ्की र सत्तल निर्माण गरेर हस्तान्तरण गर्नु गर्वको कुरा भएको जानकारी दिनुभयो ।

पृतनापति श्रेष्ठले नेपाली सेनाले सामाजिक उत्तरदायित्वको काम पनि इमान्दारीपूर्वक गर्दै आएको बताउनुभयो । वीर दल गणका गणपति शिव पौडेलले मन्दिरमा मात्रै नभई खानेपानीको अभाव रहेको पलासेको स्थानीय बासिन्दालाई समेत खानेपानी वितरणमा सहज हुने गरी पाँच हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिएको जानकारी दिनुभयो । करीब रु छ लाखको लागत अनुमान गरिएको उक्त संरचनाका लागि नेपाली सेनाको छिटो सम्पादन गर्ने योजनाअन्तर्गत रु एक लाख ५० हजार, वीर दल गणको रु ६० हजार तथा वडा कार्यालयको सहयोग र नेपाली सेनाको श्रमदानमा सो पानी ट्याङ्की र सत्तल निर्माण गरिएको उहाँले बताउनुभयो ।

सो पानी ट्याङ्की र सत्तल आज पञ्चकन्या मन्दिर विकास समितिलाई हस्तानान्तरण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

गणपति पौडेलले चाँगुनारायण नगरपालिका– २ झौखेलमा पनि वीर दल गणले ३०० जना क्षमता रहेको सामुदायिक भवन निर्माण गरेर हस्तान्तरण गर्ने चरणमा रहेको बताउनुभयो । वडा नं ९ का अध्यक्ष उपेन्द्र केसीले विकास निर्माणमा नेपाली सेनाको सहयोग पाउनु खुशीको विषय भएको बताउँदै नेपाली सेनासँग आगामी दिनमा पनि सहकार्य गरेर जाने बताउनुभयो । ९

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com