ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको आशालाई निराशामा परिवर्तन हुन दिँदैनौँ– परराष्ट्रमन्त्री ज्ञवाली


एबीसी न्यूज

 

काठमाडौं, २१  असार  । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनताको आशालाई निराशामा परिवर्तन हुन नदिने अठोट व्यक्त गर्नुभएको छ । गुल्मी रुपन्देही सम्पर्क मञ्च, क्षेत्र नं १ ले आज बुटवलमा आयोजना गरेको विशेष भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले जनताको जीवनस्तर सुधारका लागि सरकारले महत्वपूर्ण कार्यक्रम अगाडि सारेकाले अनावश्यक हल्लाका पछाडि नलागी कार्यक्रम सफल बनाउनेतर्फ साथ दिन आग्रह गर्नुभयो ।

उहाँले जिल्लाका जनताले अपनत्व महसुस गर्ने हिसाबले सरकारले रोजगार र सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाएकाले जीवनस्तरमा परिवर्तनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री ज्ञवालीले सरकारले सबै प्रदेशका जिल्लामा भौतिक पूर्वाधार, कृषि, पर्यटन, शिक्षालगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विकासको आवश्यकता पूर्ति गर्न रु १८ खर्ब बजेट आवश्यक पर्छ । माग बढी छ तर स्रोत कम छ ।” भएको स्रोतको सदुपयोग गरी जनताका आवश्यकता पूरा गर्ने काममा सरकार लागेको उहाँको भनाइ थियो ।

मन्त्री ज्ञवालीले धेरै वर्षसम्म अरु मुलुकले विप्रेषणमा धानिने मुलुकका रुपमा मात्रै नेपाल चित्रित भए पनि १६ महीनाको अवधिमा नेपाल आफ्नो नाम र कामले चिनिन थालेको चर्चा गर्नुभयो । उहाँले थप्नुभयो, “हामी सरकारमा आउँदा नाकाबन्दीका कारण एउटा छिमेकी मुलुकसँग राम्रो सम्बन्ध थिएन । अर्को मुलुक चीनसँग औपचारिक सम्बन्ध मात्रै कायम थियो तर अहिले सम्बन्ध सुमधुर बनेको छ ।”

कार्यक्रममा गुल्मी जिल्लाको विकास र समृद्धिबारे सहभागीले राखेका जिज्ञासाको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले कालीगण्डकी करिडोर र मदन भण्डारी राष्ट्रिय राजमार्गसँग जोडिने भएका कारण गुल्मीको भविष्य उज्वल रहेको बताउनुभयो । कालीगण्डकी करिडोरले संसारका दुई ठूला बजारलाई जोड्ने भएकाले भविष्यमा यसले देशको मुहार फेर्ने उहाँको विश्वास छ ।

मन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय बजारमा गुल्मीको कफीको माग भएकाले जिल्लालाई ‘कफी सुपर जोन’का रुपमा विस्तार गर्न २९ वटा फारम बनाउने तयारी भएको बताउनुभयो । देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा रुरु, रेसुङ्गा र सत्यवती रहेकाले यी क्षेत्रको विकासलाई प्राथमिकता दिने उहाँले बताउनुभयो ।

मन्त्री ज्ञवालीले आगामी दुई वर्षमा जिल्लाका हरेक घरमा पानीका धारा पु¥याउने र खरको छानो विस्थापन गर्ने कार्यलाई पूर्णता दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले लगानीअनुसार शिक्षामा प्रतिफल नआएकाले जिल्लामा प्राविधिक शिक्षालाई प्राथमिकता दिइएको बताउनुभयो । जिल्लामा दक्ष जनशक्ति उत्पादनका लागि जीवराज आश्रित स्मृति बहुप्राविधिक विद्यालय र कृषि क्याम्पस खोल्ने तयारी भइइरहेको मन्त्री ज्ञवालीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com