ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले निर्वाचन मिति तोक्न नसक्दा निर्वाचनमार्फत रिक्त पद पूर्ति हुन सकेन


एबीसी न्यूज

काठमाडौं, २१ असोज । रिक्त रहेको स्थानमा उपनिर्वाचन गर्नुपर्ने भए पनि सरकारले हालसम्म निर्वाचन मिति तोक्न सकेको छैन । निर्वाचन आयोग, सरकारले तोक्ने मितिको प्रतिक्षामा छ । समयमै निर्वाचन हुन नसक्दा निर्वाचन क्षेत्रको विकास निर्माणका काम प्रभावित भएका छन् ।

निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको चुनाव गरेको थियो । निर्वाचनपछि विविध कारणले प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य ३, स्थानीय तह अन्र्तगत गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष ४, नगरपालिकाका प्रमुख १ र नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्ष ३८ गरी कुल ४७ पदहरु हालसम्म रिक्त अवस्थामा रहेका छन् । सरकारले निर्वाचन मिति तोक्न नसक्दा निर्वाचनमार्फत रिक्त पद पूर्ति हुन सकेको छैन ।

यद्यपी सरकारले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रममै यस आर्थिक वर्षमा उपनिर्वाचनका काम सम्पन्न गर्ने भनी उल्लेख गरेको छ । बजेटमा सरकार बोलेपनि हालसम्म उपनिर्वाचन गर्नेतर्फ सरकार र आयोग दुवैले चासो देखाएका छैनन् । सरकारले उपनिर्वाचनलाई प्राथमिकतामा राखेको छैन भने निर्वाचनकै काम गर्न गठन भएको आयोग पनि सरकारको मुख ताकेरै बसिरहेको छ । यद्यपी निर्वाचन आयोगले भने आफुहरुले आन्तरिक तयारी गरिरहेको बताएको छ ।

कास्की क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । त्यस्तै बाग्लुङका प्रदेशसभा सदस्य टेकबहादुर घर्ती र भक्तपुरका प्रदेश सभा सदस्य हरिशरण लामिछानेको पनि निधन भएको हो ।

अन्य स्थानिय तहका अधिकांश जनप्रतिनिधिको निधन भएको कारण पद खाली भएको हो भने ६ जना वडा अध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित भएको कारण खाली भएको हो । एकजनाले राजिनामा दिएका छन् भने एकजना निलम्बनमा परेका छन् । आफुले चुनेको जनप्रतिनिधी नहुँदा विकास निर्माणका कामले गती नलिएको स्थानीयले बताएका छन् । पोखराकी चन्द्रा बराल सरकारले उपनिर्वाचन मार्फत सांसद नचुन्दा जनप्रतिनिधिको अभावमा विकास निर्माणका काम अलपत्र भएको बताइन् ।

निर्वाचन आयोगले निर्वाचनको मिति तोक्ने काम सरकारको भएको बताएको छ । निवार्चन यतिखेर हुन्छ भनेर आयोग भन्न सक्दैन । किटानसाथ भन्न नसकेपनि उपयुक्त समयमा उपनिर्वाचन हुने आयोगका प्रवक्ता शंकरप्रसाद खरेलको भनाइ छ ।

आयोगको सरकारले मिति तोकेको ४ महिना भित्र उपनिर्वाचन सम्पन्न गराउन सक्ने दाबी छ । निर्वाचनको लागि आवश्यक बजेट र साधनस्रोत सरकारले उपलब्ध गराउनुपर्ने आयोग बताउँछ । सरकारले निर्वाचन मिति घोषणा गरेपछि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाइने हुनाले अहिले नै छुटपुट भएका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगले आग्रह गरेको छ ।

आफ्नो क्षेत्रको जनप्रतिनिधि नहुँदा विकास निर्माणको काममा स्वभाविक रुपमा सुस्तता त भइहाल्छ । विकास निर्माणमा गति दिन सर्वसाधारणको आग्रहलाई ध्यान राख्दै सरकारले उपनिर्वाचन गराएर जनताको प्रतिनिधी चुन्न ढिलाइ गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com