ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रभावकारी विकास सहायता परिचालनको नेतृत्वमा नेपाल


एबीसी न्यूज

 

काठमाडौं, २० असोज । प्रभाकारी विकास सहायता परिचालनसम्बन्धी एशिया–प्रशान्तस्तरीय समितिको सञ्चालक नेपालले यही असार २७ गते न्युयोर्कमा विकासका निम्ति बाह्य जगत्बाट प्राप्त सहायता र त्यसको परिचालनबारे बृहत् छलफल गर्ने भएको छ ।

आगामी ११ वर्षभित्रमा संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेका महत्वाकाङ्क्षी दिगो विकासका लक्ष्य हासिल गर्न विकासशील राष्ट्रहरूले प्रभावकारी विकास सहायता सुनिश्चित गर्नु अपरिहार्य भएको सन्दर्भमा नेपालले एशिया–प्रशान्त क्षेत्रका नीति निर्माता र उच्च सरकारी अधिकारीसँग त्यस्तो छलफल गर्न लागेको हो ।

असार २८ र २९ गते सोही महानगरमा प्रभावकारी विकास सहयोगका लागि विश्वव्यापी साझेदारी जिपिइडिसी को उच्चस्तरीय बैठकको पूर्वसन्ध्यामा बङ्गलादेशसँगको साझेदारीमा नेपालले उक्त छलफल आयोजना गरेको हो ।

दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसङ्घको राजनीतिक मञ्च जिपिइडिसीमा एशिया–प्रशान्त क्षेत्रका विकासका समस्या तथा तिनको समाधानका निम्ति सम्बन्धित देशले गरेका प्रयत्न, तथ्य र प्रमााणमा आधारित विषयका साथै सुझाव प्रस्तुत गरिने अर्थ मन्त्रालयका एकजना वरिष्ठ अधिकारीले राससलाई बताए ।

राष्ट्र विकासको यज्ञमा आन्तरिक, बाह्य,निजी तथा सार्वजनिक वित्तको प्रभावकारी परिचालन र प्रभावकारी विकास सहायताको सुनिश्चितताका लागि नेपालले अन्तर्राष्ट्रियरुपमा प्रतिबद्धता जनाएको छ ।

एशिया–प्रशान्त क्षेत्रको नेतृत्वपङ्तिमा रहेको नेपालले विकास सहायताको प्रभावकारिता, त्यसमा सम्बन्धित देशको स्वामित्व, परिणाम केन्द्रित कार्यसूची, समावेशितापूर्ण साझेदारी, पारदर्शिता एवं जवाफदेहितालाई विकास सहयोगका स्थापित मान्यताका रुपमा पैरवी गर्ने उनले बताए ।

अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल दिगो विकासका लक्ष्य हासिल गर्न वार्षिक रु पाँच अर्ब ८५ करोड परिचालन गर्नुपर्ने अहिलेको अवस्थामा निजी क्षेत्रको लगानी, दक्षिण–दक्षिण तथा नीतिगत एवं संस्थागत संरचना निर्माण गर्नु उत्तिकै अपरिहार्य भएको बताउनुहुन्छ ।

“विकासका साझेदार, दातृ निकाय, सांसद, नागरिक समाज, निजी क्षेत्रसमेतको उपस्थितिमा हुने उच्चस्तरीय बैठकमा स्रोत परिचालनका समस्या, स्रोतको अधिकतम उपयोग, विश्वभर भएका असल अभ्यास, सम्भावना र अवसरको खोजीजस्ता सबै विषयमा गहन छलफल हुनेछ,” नेपाललगायत देशले उच्चस्तनरीय बैठकमा प्रस्तुत गर्ने विषयवस्तुवबारे जानकारी दिँदै उहाँ भन्नुहुन्छ ।

नेपालजस्ता अतिकम विकसित तथा भूपरिवेष्टित देशका विकासका लागत, यातायात र ढुवानीमा हुने अधिक खर्च, गरीबी र सामाजिक संरचनालाई केन्द्रमा राखेर देशगत प्रस्तुति हुने उहाँ बताउनुहुन्छ । बैठकमा नेपालले विश्वका ८६ देशसँग आफ्ना अनुभव र विकासका प्रयास तथा विकास सहायताका प्रभावकारिता पेश गर्नेछ ।

करिब ७८ प्रतिशत विकास सहायता बजेट प्रणालीमा आइसकेको, दिगो विकासका लक्ष्य हासिल गर्ने लक्ष्य र उद्देश्यका साथ नेपालले प्रारम्भदेखि नै नीतिगत एवं संरचनागत व्यवस्था गरेको, राष्ट्रिय बजेट र १५औँ पञ्चवर्षीय योजनामा पनि ती विषयलाई समावेश गरेकाले नेपाल एशिया–प्रशान्त क्षेत्रबाट समितिमा चयन भएको हो ।

दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा कुनै पनि राष्ट्र पछाडि नपरून् र सबै देशले सामूहिक रुपमा आ–आफ्ना क्षेत्रबाट सघाउने, सामाजिक–मानवीय पूँजी निर्माण, अधिकभन्दा अधिक रोजगारीका अवसरहरूको सृजना, निजी क्षेत्रको लगानी, नीतिगत समानता, अस्पष्टताको अन्त्यलाई नेपालले जोड दिने सहसचिव नेपाल बताउनुहुन्छ ।

उच्चस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थसचिव राजन खनालसहित उच्चस्तरीय नेपाली अधिकारी यही असार २४ गते न्युयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । न्युयोर्कमा नेपालले आयोजना गर्ने छलफलमा बङ्गलादेशका अतिरिक्त म्यान्मा, फिलिपिन्स, क्याम्बोडिया, इण्डोनेसिया, जापान तथा एशिया–प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका अधिकारीहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com