ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानवसेवा आश्रमलाई रु ५० हजार पुरस्कार


एबीसी न्यूज

 

 

 

 

काठमाडौं, १८ असार । सुगङ्गा स्मृति कोषले यस वर्षको ‘सुगङ्गा पुरस्कार’ मानवसेवाआश्रम बागलुङलाई प्रदान गरेको छ । बुधबार यहाँ आयोजित पुरस्कार समारोहमा जिल्ला मुख्य न्यायाधीश प्रकाशप्रसाद पण्डितले आश्रमका संयोजक सुमिरा लामालाई रु ५० हजारसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।

सहाराविहीन भई सडकमा पुगेका नागरिकलाई आश्रय दिएर उच्च मानवीय सेवा गरेवापत आश्रमलाई पुरस्कृत गरिएको हो । पुरस्कार ग्रहणपछि बोल्दै आश्रमका संयोजक लामाले पुरस्कारले कार्य क्षेत्रमा सक्रिय हुन झ्न उत्प्रेरणा थपेको प्रतिक्रिया दिनुभयो । “जिल्लामा स्थापित बनेको पुरस्कार आश्रमले पाएको छ, हामी उत्साहित छौँ” उहाँले भन्नुभयो, “आश्रम सञ्चालन र व्यवस्थापनमा यसबाट ठूलो सघाउ पुग्नेछ ।”

मुख्य न्यायाधीश पण्डितले विभिन्न क्षेत्रबाट समाजलाई योगदान पु¥याउने व्यक्ति÷संस्थालाई पुरस्कृत गर्ने गरेकामा कोषको प्रशंसा गर्नुभयो । कोषले हरेक दुई वर्षमा ‘सुङ्गा पुरस्कार’ र ‘सुगङ्गा सम्मान’ प्रदान गर्दै आएको छ ।

यो वर्ष ‘सगङ्गा सम्मान’ पनि आश्रमलाई नै प्रदान गरिएको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो । दिनदुःखी र बेसहाराको जीवनयापनमा थोरै भए पनि राहत मिलोस् भनेर आश्रमलाई पुरस्कृत तथा सम्मानित गरिएको उहाँको भनाइ छ । आश्रममा अहिले २८ जना सहयोगपेक्षी नागरिकले आश्रय लिइरहेका छन् ।

मनोरोग, अपाङ्गता र गरीबीजस्ता कारणले सहाराबिहीन बनेका व्यक्ति आश्रममा छन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले तीन वर्षअघि बागलुङमा आश्रम खोलिएको हो ।

आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवा पनि प्रदान गरिँदै आएको छ । बागलुङलाई सडक मानवमुक्त शहर बनाउने आश्रमको लक्ष्य छ । बागलुङका अग्रज पत्रकार विदुर खड्काले स्वर्गीय आमा सुमित्रा खड्का र धर्मपत्नी गङ्गा खड्काको स्मृतिमा विसं २०६५ मा कोष स्थापना गर्नुभएको थियो । समाजमा विशिष्ट योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई पुरस्कार र सम्मान प्रदान गर्ने गरिएको कोषका संस्थापक÷संरक्षक खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com