ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकूदलाई अनुशासित र मर्यादित बनाउनुपर्छ– मन्त्री शाह


एबीसी न्यूज

 

काठमाडौं, १८ असार । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रत्येक खेलाडीले खेलकूदमा सिकेको अनुशासनलाई आत्मसात् गर्दै खेल क्षेत्रलाई अनुशासित र मर्यादित बनाउँदै लैजानुपर्ने बताउनु भएको छ ।

जिल्ला खेलकूद विकास समिति बाजुराले आयोजना गरेको ११औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्त्री शाहले खेलाडीले खेल प्रदर्शन गर्दा अनुशासन, गतिशीलता र मर्यादित भएर खेल खेल्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “दुर्गम तथा पिछडिएको क्षेत्र बाजुरलाई खेलकूदको माध्यमबाट राष्ट्रियस्तरमा पहिचान बनाउनु आवश्यक रहेको छ ।”

खेलकूद क्षेत्रलाई विकास गर्दै लैजान जिल्लाका सबै स्थानीय तहले दृढतापूर्वक लगानी गर्न मन्त्री शाहले आग्रह गर्नुभएको छ । उहाँले सुदूरपश्चिम प्रदेशको पिछडिएका रुपमा रहेको बाजुरालाई सडक, शिक्षा, सञ्चारलगायतका क्षेत्रबाट परिवर्तन गर्ने अठोट गर्नुभयो ।

यस्तै सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य बलदेव रेग्मीले खेल क्षेत्र सम्मानजनक भएकाले सबै खेलाडीले अनुशासित र मर्यादित भएर खेल खेल्न आग्रह गर्नुभएको छ । उहाँले खेलमा सीप दक्षता र क्षमता प्रदर्शन गरी विवादरहित खेल बनाउनुपर्नेमा रेग्मीले जोड दिनुभएको छ ।

जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्रकुमार रोकायाले स्वच्छ प्रतिस्पर्धाका आधारमा कुनै विवाद नहुने गरी खेल खेल्न र निर्णायकलाई खेल खेलाउन आग्रह गर्नुभएको छ । उहाँले खेलकूद प्रतियोगितामा संयमित र खेलकूदको नीति परिधिमा रहेका जिम्मेवारी बहन गर्नुपर्नेमा समन्वय प्रमुखले जोड दिनुभयो ।

बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले खेल खेल्दा खेलाडीले सभ्य भएर खेल प्रदर्शन गर्नुपर्ने बताउनुभएको छ । उहाँले खेलकूद विना विकाससमेत सम्भव नभएकाले विकासका लागि खेल पनि आवश्यक रहने बताउनुभयो । खेल क्षेत्रमा लगानी भएअनुसारको प्रतिफल आउनुपर्ने नगर प्रमुख बडुवालको भनाइ रहेको छ ।

जिल्ला खेलकूद विकास समिति बाजुराले आयोजना गरेको उक्त प्रतियोगितामा जिल्लामा नौ वटै स्थानीय तहका विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष हिक्मतबहादुर थापाले जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारीअनुसार आजदेखि शुरु भएको सो प्रतियोगिता २० गतेसम्म सञ्चालन हुने बताउनुभयो ।

प्रतियोगितामा एथ्लेटिक्स, दौड, भलिबल, हाइजम्प, लमजम्प, सटफुटलगायतका खेल खेलाइने अध्यक्ष थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com