ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल टेलिकमको ‘फाइबर टू होम’ सेवा शुरु


एबीसी न्यूज

 

काठमाडौं , १६ असार । प्रदेश राजधानी वीरेन्द्रनगरमा नेपाल टेलिकमको ‘फाइबर टू होम’ सेवा शुरु भएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज दिउँसो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फोन गरेर सेवा शुभारम्भ गर्नुभएको हो ।

टेलिफोन सन्देशमा मुख्यमन्त्री शाहीले कर्णाली सरकारले अघि सारेको डिजिटल प्रदेशको कार्ययोजनालाई पूरा गर्न यो सेवाले थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । “टेलिकमको सेवालाई प्रभावकारी बनाई सहुलियत दरमा नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिनुभयो”, मुख्यमन्त्रीको भनाइ उद्धृत गर्दैै कानूनमन्त्री भण्डारीले भन्नुभयो, “हरेक नागरिकलाई सूचना प्रविधिको पहुँचमा जोड्न प्रदेश सरकारले प्राथमिकताका साथ काम अघि बढाइरहेको छ ।”

टेलिकमले वीरेन्द्रनगरमा पहिलो पटक तारसहितको फाइबर टू होम सेवा विस्तार गरेको हो । टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रबन्धक प्रकाशमान प्रधानले आठ एमविपिएससहित इन्टरनेट सेवा र टेलिफोनको वार्षिक रु आठ हजार शुल्क रहेको जानकारी दिनुभयो । उहाँका अनुसार फाइबर टू होम सेवा व्यक्तिगत, व्यवसायी र कार्यालय प्रयोजनका लागि छुट्टाछुट्टै गतिका विभिन्न एमविपिएसमा उपलब्ध गराइनेछ ।

टेलिकमले निकट भविष्यमै दैलेख सदरमुकाममा पनि फाइबर टू होम सेवा विस्तार गर्ने जनाएको छ । क्षेत्रीय प्रबन्धक प्रधानले सुर्खेतमा ताररहितको फोरजी सेवा पनि छिट्टै सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com