ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवन रक्षाका लागि सरकारसँग आग्रह


एबीसी न्यूज

 

काठमाडौं, १४ असार । बोन म्यारोबाट पीडित रोल्पाका सुरेश रोक्का मगरको जीवन रक्षा गर्न सरकारसँग अपिल गरिएको छ । सुरेश रोक्का बचाउ अभियानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँका आमा विनी रोक्का मगरले सुरेश बोनम्यारो क्यान्सरबाट पीडित रहेकाले आर्थिक सहयोगका लागि सरकारसँग अपिल गर्नुभयो ।

विनीले भाव बिव्हल हुँदै भन्नुभयो, “जेठो छोरा प्रेमले १० बर्षे जनयुद्धमा सहादत प्राप्त गर्यो, कान्छो छोराको यो अवस्था छ, म कोसँग हारगुहार गरौँ, छोराको उपचारमा सरकारबाट सहयोग होस् ।” रोल्पाको परिवर्तन गाउँपालिका–१ का १८ वर्षीय सुरेशलाई गत चैत महीनामा बोनम्यारो भई शरीरमा रगत उत्पादन हुन नसकेपछि नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको र हालसम्म रु २० लाख खर्च भइसकेको विनीले जानकारी दिनुभयो ।

चिकित्सकहरुले उहाँको उपचारका लागि रु ७० लाख खर्च लाग्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका पोलिटब्युरो सदस्य एवं अभियानका सल्लाहकार नवीन रोक्का मगरले युवावस्थामा नै बोनम्यारोबाट पीडित सुरेशलाई मर्न दिन नहुने भन्दै आमाको जीवन सहारा सुरेशको जीवन रक्षा गर्न सरकार तथा जनसमुदायले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

अभियानका सल्लाहकार जीतेन्द्र पुनःमगरले आर्थिक अवस्था दयनीय रहेका सुरेशको परिवारले हालसम्म उपचारका लागि रु २० लाख खर्च भइसकेको, सहयोगी हातबाट हालसम्म रु सात लाख ७९ हजार ५८६ सङ्कलन भएको जानकारी दिनुभयो । थप आर्थिक सङ्कलनका लागि साउदी, दुबई, जापान, कोरिया, अमेरिका, पोर्चुगल, स्पेन, अष्टिया, संयुक्त अधिराज्य, सिंगापुर तथा भारतमा बसोबास गर्ने नेपालीसँग आर्थिक सहयोगका लागि वैदेशिक सहयोग संयोजक खडा गरेको उहाँले बताउनुभयो ।

सो अभियानका अध्यक्ष दीपक रोक्का मगरले सुरेशको जीवन रक्षा गर्नु सबैको कर्तव्य रहेकाले राज्य तथा सर्वसाधारणबाट सहयोग गरी सुरेशलाई नयाँ जीवन दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com