बुटवल, १३ असार । पूर्व राष्टपति डा. रामवरण यादवले शान्ति प्रक्रियाको बांकी काम पुरा गर्न दलहरुलाई आग्रह गर्नुभएको छ । पुर्वराष्ट्रपति यादवले सत्यनिरुपण तथा मेल मिलाप आयोगलाई सक्रिय बनाएर शान्ति प्रक्रियाका बाकी काम पुरा गर्न अव ढिला गर्न नहुने बताउनु भयो । उहांले नयाँ संबिधान जारी भई ३ तहको निर्वाचन पश्चात मूलुक स्थायीत्वमा अघि बढेको बताउनु भयो ।
नेपाल प्रेस युनियनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले यही संबिधान मार्फत सबैका समस्या समाधान गर्न सकिने बताउनु भयो ।
नेपालले धेरै अन्तरराष्टिय शान्ति संझौतामा हस्ताक्षर गरेकाले अन्तराष्टि«य क्षेत्रमा लगेर कसैले दुख नदियोस भन्नका लागि शान्ति प्रक्रियाका काम टुग्याउन सरकारले बिशेष ध्यान दिनु पर्ने बताउनु भयो । डा. यादवले प्राकृतिक श्रोत र पर्यावरणलाई जोगाउन सबै नेपाली सचेत भएर लाग्नु पर्ने समेत बताउनु भयो ।







प्रतिक्रिया दिनुहोस्