ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गर्मी बढेसंगै सर्पदंशका बिरामी बढे, टेकु अस्पतालमा मात्रै दैनिक ७ जना बिरामी आउंछन्


एबीसी न्यूज


काठमाडौं, १३ असार । गर्मी मौसम सुरु भएसंगै सर्पदंशका विरामीको संख्या पनि बढ्न थालेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्पदंशका बिरामीको चाप बढ्न थालेको छ ।

काभ्रेकी ४९ वर्षिया लेखकुमारी फुयाललाई गाइबस्तुका लागि घांस काट्न जांदा सर्पले टोक्यो । घांस काट्दै गर्दा दिउसो साढे ४ बजेतिर उनलाई सर्पले टोकेको थियो । त्यसपछि लगत्तै उनि नजिकैको मेडिकल गइन् । त्यहा उपचार सम्भव नभएपछि ३ दिन अघि राजधानीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु आइपुगेर भर्ना भएर उपचार गराइहेकी छन् ।

गर्मी बढेसँगै सर्पले टोकेर अस्पताल आउनेको सख्या बढेका छन् । अस्पतालमा दैनिक ६, ७ जना शर्पदंशका बिरामी पुग्न थालेका छन् । सर्पदंशको समस्या तराइमा सबैभन्दा धेरै देखिन्थ्यो ।

तर, यसपटक त पहाडी क्षेत्र हरियो रंगको हर्रेऊ सर्पले टोकेका अधिकाशं बिरामी सर्पदशंको उपचार गर्न आएका छन् । गुल्मीकी इन्द्रा खरेललाई पनि बिहान घांस काट्न जादा हर्रेउले नै टोकेपछि बेहोस जस्तै भइन् । उनि जिल्लामा उपचार सहज नभएपछि राजधानीको टेकु अस्पताल आइपुगिन् । हर्रेउले टोकेको ठाउमा निकै ठुलो फोका आएपछि उनी भर्ना भएरै उपचार गराइरहेकी छन् ।

गर्मी बढेसंगै हर्रेउलगाएत अन्य प्रजातिका सर्पले टोकेका बिरामीको चाप पनि असपतालमा बढेको छ । गोमन लगाएत सर्पले टोकेर पनि टेकु अस्पताल आएका बालबालिकाको संख्या धेरै छ ।

चिकित्सकका अनुसार सर्पले टोकेर आएका सबै जनालाई भर्ना गर्नु पर्दैन । जसको रगतमा विष देखिन्छ, उनीहरुलाई मात्र भर्ना गरिन्छ । भर्ना हुनेहरु भने कम्तीमा ७ दिन देिख १५ दिनसम्म बस्नुपर्छ ।

तराइमा सर्पले टोक्यो भने छिटो विष छिटो शरीरमा फैलन्छ । किनभने त्यहां बढी विषालु सर्प हुन्छन् । समयमै उपचार नगराएमा मृत्यु हुने सम्भावना अत्याधिक हुन्छ । तर पहाडमा पाइने सर्प त्यति विषालु नहुने चिकित्सक बताउछन् ।

जेठ महिनादेखि हालसम्म मात्रैसर्पले टोकेका ३९ जना बिरामी आइसकेका छन् । सर्पले टोकेपछि त्यो ठाउंमा चुस्ने, विभिन्न घरेलु औषधी लगाउने र सर्पलाई मार्ने प्रचलनमा रहेकोमा त्यसो गर्न नहुने डा. पाण्डेको भनाइ छ ।

अस्पतालका अनुसार विषेश गरेर भक्तपुर, ठिमी, ललितपुरका गाउं काभ्रे, सिन्धुपाल्चोक धादिङ, गोर्खा, नुवाकोट लगायतबाट सर्पले टोकेका धेरै बिरामी उपचार गराउने गर्छन् । सर्पले टोकेका बिरामी जेठको अन्तिम साताबाट सुरु भएर असार, साउन, भदौसम्म अस्पताल आउने संख्या बढी हुन्छ ।

समयमै सर्पदशंको उपचार गराउन सके विषालु सर्पको विष लागेका बिरामीलाई पनि बचाउन सकिन्छ । तर, सर्पदंशको उपचारका लागि राजधानी बाहिरका अस्पतालमा सधैंभर औषधी अभावको समस्या यथावतै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com