ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं १- विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित


एबीसी न्यूज

 

काठमाडौं, १२ असार । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ ९७० बमोजिम विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले आज पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा सो प्रस्ताव आर्थिक मामिला तथा योजनमन्त्री ईन्द्रबहादुर आङ्बोले पेश गर्नुभएको हो ।

बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि आजदेखि छलफल शुरु भयो । छलफलमा प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले जनताका असीमित आवश्यकता र चाहनालाई सीमित साधन र स्रोतले एकैपटकमा पूरा गर्न सम्भव नभएपनि क्रमशः ती आवश्यकता र चाहनालाई विनियोजित बजेटले मद्दत गर्ने बताउनुभयो । उहाँले कृषिमा आमूल परिवर्तन गर्न प्रदेशको भूगोलअनुसार योजना र बजेटको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

सदस्य केदार कार्कीले भौतिक पूर्वाधार जस्ता विषयमा मन्त्रालयले स–साना रकमको योजना राख्नुले पूर्वाधार निर्माणमा समस्या उत्पन्न हुने बोल्नुभयो । सदस्य सूयर्माराज राईले सरकारले बजेट बनाउँदा उत्पानदनमुखी हुनुपर्ने भन्दै एतिहासिक अवसर प्राप्त गरेको यो सरकारले अधिकार प्रयोग गर्न नसकेको टिप्पणी गर्नुभयो ।

शून्य समय

प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले झापाको निर्वाचन क्षेत्र नं।१ अन्तर्गत सबै स्थानीय तहमा जङ्गली हात्तीको समस्या देखिएकाले यो समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य जसमाया गजमेरले प्रकाश सपुतले गाएको गीतको विषयमा सामाजिक सञ्जालमा दलित समुदायको भावनामा चोट पुग्ने किसिमको अभिव्यक्ति आउनाले हाम्रो ध्यानाकर्षण भएको र यस्तो अभिव्यक्तिले सामाजिक सद्भाव बिग्रने भएकाले सरकारले समयमै त्यस्ता व्यक्तिलाई कानूनी कारवाही गर्नुपर्ने माग गर्नुभयो ।

सदस्य विमल कार्कीले आफ्नो नाममा सामाजिक सञ्जालमा अनर्गल प्रचारले मलाई दुःखी बनाएकोले यस्तो क्रियाकलापमा संलग्न मानिसलाई पक्राउ गरी कारवाही गर्नुपर्ने माग गर्दै सङ्घीय सरकारले मिडिया काउन्सिलका विषयमा ल्याउन लागेको विधेयकको पक्षमा बोल्नुभयो ।

सदस्य विजयकुमार विश्वासले किसानले अहिले धान रोप्ने समयमा रासायनिक मल नपाउने गरेकाले सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य सावित्रा जोशीले धरानको हात्तीसार क्याम्पसमा पोषणका विषयमा अध्ययन गर्ने विद्यार्थीले विधिवत कानूनी मान्यता नपाउने भएकालले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com