ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिपक्षी दलद्धारा रोस्ट्रम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित


एबीसी न्यूज

 

काठमाडौं, १२ असार । प्रतिपक्षी दलका सदस्यले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेट विधि, पद्धति मिचेर अपारदर्शी र असन्तुलित ढङ्गको रहेकाले सच्याउनुपर्ने भन्दै प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यले नराबाजी गरेपछि बैठक अवरुद्ध गरेका थिए । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले रोस्ट्रम अगाडि पुगेर ‘अपारदर्शी बजेट चाहिँदैन’ भन्दै नाराबाजी गर्दै विरोध गरेका थिए । प्रतिपक्षीको अवरोध जारी रहेपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगन गरी अर्को बैठक असार १५ गते अपराह्न ३ बजेका लागि तोक्नुभयो ।

बैठक स्थगनपछि प्रदेशसभा परिसरमा प्रतिक्रिया दिँदै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सरकारले प्रतिपक्षीसँग वार्ता गरेर समस्याको समाधान गर्न चाहेको बताउनुभयो । प्रदेशसभा सदस्य भरतबहादुर खड्काले नीति र विधि नमानेर डल्लो बजेट तथा कार्यकता पोस्ने बजेट ल्याएको आरोप लगाउनुभयो । उहाँले बजेटमा विधि सम्मत तरिकाले सुधार नभएसम्म आफूहरुको विरोध नरोकिने बताउनुभयो ।

प्रदेश सरकारले असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट पेश गरेको थियो । प्रतिपक्षीको विरोधका कारण प्रदेशसभाको बैठक लगातार स्थगन हुँदा बजेट माथिको छलफल अघि बढ्न सकेको छैन । असार ५ गतेको बैठक कार्यसूचिमा प्रवेश गर्न नपाई स्थगन गरिएको थियो । त्यसपछि असार ८ र ११ गतेका लागि तोकिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको थियो ।

बैठकमा हाँसो

आजको बैठक स्थगन गरी अर्को बैठकको लागि तोकिएको मिति र समय बारेको जानकारी दिने क्रममा सभामुख थापाले ‘अर्को बैठक असार ८ गते बस्ने छ’ भनेपछि सदनमा हाँसो उठेको थियो । हाँसो र अलमलका बीच सभामुख थापाले पुनः मिति र बार रुजु गर्नु हुँदै अर्को बैठक असार १५ गते तोकिएको जानकारी गराउनुभएको थियो । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सभामुख आफैँले आगामी बैठकको कार्यसूचि टिप्ने क्रममा भएको त्रुटीका कारण यस्तो भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com