ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिङ्गो गाउँ खरायोपालनमा 


admin

काठमाण्डौं, ८ कात्तिक । फलेवास, पर्वतको एक गाउँका पूरै घरधुरी व्यावसायिक रुपमा खरायोपालन गर्दैआएका छन् । जलजला गाउँपालिकाअन्तर्गत पर्ने डाँडाकटेरीका बासिन्दा व्यावसायिक रुपमा खरायो पाल्न थालेका हुन् ।

छोटो समयमा धेरै फाइदा लिन सकिने भएकाले यहाँका कृषक खरायोपालनमा लागेका हुन् । डाँडाकटेरीका २३ घरधुरीले नै खरायोपालनलाई आफ्नो मुख्य व्यवसाय बनाएका छन् । यहाँका प्रत्येक घरमा १० देखि २० वटासम्म खरायो पालिएको छ । गाउँबाटै बिक्री हुने गरेको स्थानीयवासी शीतबहादुर पाइजाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वार्षिक रु ३० हजारदेखि रु ५० हजारसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो । विगत १० वर्षदेखि यहाँ व्यावसायिक रुपमा खरायो पाल्न थालिएको हो । खरायो प्रत्येक पाँच–पाँच महिनामा ब्याउँछ । एक पटकमा पाँच देखि १२ वटासम्म बच्चा जन्माउने गर्दछ । अहिले बजारमा स्थानीय जातको कुखुराको मासु प्रतिकिलो रु ४०० मा बिक्री भइरहेको छ भने खरायोको मासु रु ३०० मा बिक्री हुन्छ ।

विगत १० वर्षदेखि व्यावसायिक रुपमा खरायोपालन गर्दै आउनुभएका स्थानीयवासी मनबहादुर पुन हरेक वर्ष रु ४० हजारदेखि रु ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । स्थानीयस्तरमै पाइने घाँसपात, जौ, कोदो, मकै, फापरजस्ता अन्नबाली दानाका रुपमा दिने गरेको उहाँले बताउनुभयो । खरायो गाउँघरमै बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com