ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री रोजगार कार्यक्रम – शुक्लाफाँटामा पदमार्ग निर्माण


एबीसी न्यूज


काठमाडौं, ११ असार । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको पर्यटकीय क्षेत्र बतासे झरना क्षेत्रमा पदमार्ग निर्माण शुरु गरिएको छ ।

आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको बतासे झरना पुग्नका लागि कार्यक्रमअन्तर्गत रोजगारीका लागि नगरपालिकामा फाराम भरेका २४ जनाले काम पाएका छन् । झर्ना पुग्ने ठाउँमा पुग्ने पैदलयात्रुको आवागमनलाई सहज बनाउन ढुङ्गाको सिँढी बनाउने र बाटोमा रहेका ढुङ्गालाई पन्छाई व्यवस्थित पर्ने काम अगाडि बढाइएको वडा नं ८ का वडाध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।

चुरे पर्वत शृङ्खलामा रहेको बतासे झरना आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको छ । दुईतर्फ कडा चट्टान भएको साँघुरो ठाउँबाट झरना खस्छ । झरना खस्दै गरेको ठाउँको मनोरम दृश्यलाई क्यामेरामा कैद गर्न, सेल्फी लिन र तालमा पौडी खेलेर मनोरञ्जन गर्न पर्यटकीय क्षेत्रमा पर्यटक पुग्ने गरेका छन् ।

कार्यक्रमअन्तर्गत रोजगारका लागि पदमार्ग निर्माणमा जुटेका व्यक्तिलाई ३० दिनसम्म रोजगारी दिइनेछ, उहाँले भन्नुभयो, “प्रतिदिन रु ५१७ का दरले ज्याला दिइनेछ ।” जसका लागि वडा कार्यालयमा रु तीन लाख ७२ हजार २४० रकम पठाइएको छ । पदमार्ग दुई हजार ६०० मिटर लम्बाइ र डेढ मिटर चौडाइको निर्माण हुनेछ ।

पदमार्ग धारापानी शुक्लाताल, बेलगडा हुँदै बतासे झरनासम्म पु¥याउने वडा कार्यालयको योजना छ । रोजागरी पाउनेमा दलित, जनजाति, एकल महिला र विपन्न परिवारका व्यक्तिहरु संलग्न छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकामा चालू आवमा ३० दिनका लागि २०३ जनाले रोजगारी पाएका छन् ।

रोजगारीमा संलग्नलाई पदमार्ग निर्माण, सडक मर्मतसम्भार, सरसफाइ प्रवद्र्धन र सामुदायिक विद्यालयका भवन मर्मतमा खटाइएको नगरपालिकाका रोजगार संयोजक कृष्णप्रसाद भट्टले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकामा पाँच हजार ४२४ ले रोजगारीका लागि निवेदन दिएका छन् । कार्यक्रम सञ्चालनका लागि नगरपालिकामा रु ४५ लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com