ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलहियामा रोकिएको तरकारी फलफुलको गाडी नेपाल भित्रीयो


sharan sharan

बुटवल ९ असार । सरकारले विषादी परीक्षण गरेर मात्र आयात गर्न पाइने कानून बनाएपछि रुपन्देहीको भैरहवा भन्सारमा रोकिएको तरकारी र फलफूल आज अपरान्ह नेपाल भित्रीएको छ ।
तीन दिन देखि बेलहिया नाकामा रोकिएको सयौं मालबाहक गाडी मध्य १ सय १४ गाडी आज अपरान्ह नेपाल भित्रीएको हो । प्रयोग गर्न योग्य रहेको प्रमाणपत्र लिएर आए पछि रोकिएको गाडी छाडीएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । रोकिएको गाडी मध्य बाट आलु र प्याजको ६८ तथा फलफुल र तरकारीको ४६ ट्रक नेपाल भित्रीएको भन्सार प्रमुख कमल भट्टराईले जानकारी दिनुभयो ।
भन्सारका अनुसार आलु र प्याज बोकेका ट्रकहरु तीन दिनदेखि नाकामै रोकिएका थिए भने छिटो बिग्रन सक्ने तरकारीका कतिपय ट्रकहरु भारततिरै फिर्ता भएका थिए । सरकारले बनाएको नयाँ व्यवस्था अनुसार तरकारी तथा फलफूल आयातकर्ताले विषादीरहित छ भन्ने व्यहोराको प्रमाण भन्सारमा प्रस्तुत गरेपछि मात्रै भन्सारले सम्बन्धित ठाउँमा लैजाने अनुमति दिनु पर्दछ ।

सरकारले जीवनाशक विषादीको अवशेष परीक्षण गरेर मात्र आयात गर्न पाइने कानून बनाई असार ३ गते राजपत्रमा प्रकाशित गरेपछि यसअघि विना परीक्षण आउने गरेको तरकारी र फलफूलको आयात अवरुद्ध भएको हो ।
भैरहवाको बेलहिया नाकाबाट दैनिक सरदर ५० ट्रक तरकारी र फलफूल आयात हुने गरेको छ ।
विषादी परीक्षण गर्ने प्रयोगशाला बेलहिया नाकामा छैन । खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट तरकारीको र प्लान क्वाराईनटायनबाट फलफुलको सुद्धताको प्रमाण आएपछि प्रवेश अनुमती दिएको भन्सार प्रमुख भट्टराईले बताउनु भयो ।
आईतबार सम्म परिक्षणको प्रबिधी नभएको भन्दै दुबै कार्यालयहरुले नमुना लिन अस्विकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com