ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलहियामा रोकिएको तरकारी फलफुलको गाडी नेपाल भित्रीयो


sharan sharan
असार ९, २०७६ सोमबार   ९ : ५९   बजे

बुटवल ९ असार । सरकारले विषादी परीक्षण गरेर मात्र आयात गर्न पाइने कानून बनाएपछि रुपन्देहीको भैरहवा भन्सारमा रोकिएको तरकारी र फलफूल आज अपरान्ह नेपाल भित्रीएको छ ।
तीन दिन देखि बेलहिया नाकामा रोकिएको सयौं मालबाहक गाडी मध्य १ सय १४ गाडी आज अपरान्ह नेपाल भित्रीएको हो । प्रयोग गर्न योग्य रहेको प्रमाणपत्र लिएर आए पछि रोकिएको गाडी छाडीएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । रोकिएको गाडी मध्य बाट आलु र प्याजको ६८ तथा फलफुल र तरकारीको ४६ ट्रक नेपाल भित्रीएको भन्सार प्रमुख कमल भट्टराईले जानकारी दिनुभयो ।
भन्सारका अनुसार आलु र प्याज बोकेका ट्रकहरु तीन दिनदेखि नाकामै रोकिएका थिए भने छिटो बिग्रन सक्ने तरकारीका कतिपय ट्रकहरु भारततिरै फिर्ता भएका थिए । सरकारले बनाएको नयाँ व्यवस्था अनुसार तरकारी तथा फलफूल आयातकर्ताले विषादीरहित छ भन्ने व्यहोराको प्रमाण भन्सारमा प्रस्तुत गरेपछि मात्रै भन्सारले सम्बन्धित ठाउँमा लैजाने अनुमति दिनु पर्दछ ।

सरकारले जीवनाशक विषादीको अवशेष परीक्षण गरेर मात्र आयात गर्न पाइने कानून बनाई असार ३ गते राजपत्रमा प्रकाशित गरेपछि यसअघि विना परीक्षण आउने गरेको तरकारी र फलफूलको आयात अवरुद्ध भएको हो ।
भैरहवाको बेलहिया नाकाबाट दैनिक सरदर ५० ट्रक तरकारी र फलफूल आयात हुने गरेको छ ।
विषादी परीक्षण गर्ने प्रयोगशाला बेलहिया नाकामा छैन । खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट तरकारीको र प्लान क्वाराईनटायनबाट फलफुलको सुद्धताको प्रमाण आएपछि प्रवेश अनुमती दिएको भन्सार प्रमुख भट्टराईले बताउनु भयो ।
आईतबार सम्म परिक्षणको प्रबिधी नभएको भन्दै दुबै कार्यालयहरुले नमुना लिन अस्विकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group