ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्लीन फिड कुनै पनि दृष्टिकोणबाट सही नभएको– सुधिर पराजुली


एबीसी न्यूज

 

 

काठमाडौं, ८ असार । सरकारले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मार्फत विदेशी च्यानलहरुमा ‘क्लीन फिड’ लागु गर्ने भएपछि इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनीहरु संगठित रुपमा नै विरोधमा उत्रिएका छन् ।

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनीहरुले समन्वय समिति नै बनाई सरकारको तयारीको विरोध गरेका हुन् । आईतबार इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिले पत्रकार सम्मेलन गरी क्लीन फिड कुनै पनि दृष्टिकोणबाट सही नभएको भन्दै त्यसको विरोध गर्यो । क्लिन फिडले नेपाली च्यानलहरुलाई धरासायी बनाउनुको साथै भारतबाट अबैध ढंगले भारतीय DTH, IPTV र DTT भित्रिने र त्यसले प्रत्यक्ष रुपमा नेपाली च्यानलहरुलाई प्रभावित पार्ने दाबी समितिले गरेको छ । इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिका सयोजक दिनेश सुवेदीले सरकारले राष्ट्रिय प्रशारण सम्बन्धी व्यवस्थामा राखिनुपर्ने प्रावधान विज्ञापन सम्बन्धी विधेयकमा राखेको र त्यसबारे सरोकारवालाई जानकारी नै नदिईएको बताउनुभयो । उहाँले यस किसिमको व्यवस्थाले नेपाली टेलिभिजन व्यवसाय नै धरासायी हुने दाबी गर्नुभयो ।

नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले क्लिन फिड दिन विदेशी च्यानलहरु तयार नभएको भन्दै यो लागु गर्न नसकिने बताउनुभयो । उहाँले सरकारले ल्याएको क्लिन फिडको अवधारणा अनुसार विदेशी च्यानलहरु मात्र प्रशारण गर्न पाउने प्रावधानहरु अक्षरशः लागु गर्दा श्रृजना हुने अवस्थाबारे जानकारी गराउनका लागि भोली सोमबार मध्यान्ह १२ बजे देखि २४ घण्टाका लागि लागु गर्न लागिएको पनि जानकारी गराउनुभयो ।

क्लिन फिडका कारण नेपाली जनताले चाहेका च्यानलहरु हेर्न नपाउने र खुल्ला सिमानाको फाईदा उठाउने चलखेल हुने र नेपाली च्यानलको समेत दर्शकहरु घट्न गई उनीहरुको पाउने विज्ञापनमा पनि भारी गिरावट हुने भन्दै समितिले त्यसतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । यसले नेपालमा संञ्चालित म्त्ज्, क्ष्एत्ख् र म्त्त् का कम्पनीहरुले नेपाली च्यानलहरु मात्रै देखाएर ग्राहकहरुसंग मासिक शुल्क उठाउन नसक्ने हुँदा ति कम्पनी बन्द हुने र त्यसले अर्बौको लगानी डुब्नुको साथै हजारौको रोजगारी गुम्ने अवस्था श्रृजना हुने जनाएको छ ।

नेपालमा प्रशारित विदेशी च्यानलहरु विज्ञापनरहित (क्लीन फिड) अनिवार्य हुने प्रावधान सहितको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संसदमा छलफलको क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com