ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार र काण्डै काण्डमा फसेको सरकार सर्वत्र असफल बन्दै गएको छ– उमाकान्त चौधरी


एबीसी न्यूज

काठमाडौं, ८ असार । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले रेशम चौधरीलाई नेल लगाएर उपचार गराईएको, सरकारको काम कारवाही असफल बन्दै गएको र खेतीपातीको समयमा रासायनिक मल अभाव भएको भन्दै सहज मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद उमाकान्त चौधरीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको र हरेक क्षेत्रमा असफल बन्दै गईरहेको आरोप लगाउनुभयो । भ्रष्टाचार र काण्डै काण्डमा फसेको सरकार सर्वत्र असफल बन्दै गएको भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुट प्रसाद को उपनाम दिनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो “सिण्डिकट अन्त्य होइन त्यसलाई प्रोत्साहन गर्ने काम गरेर यो सरकार झुट सावित भएको छ । जथाभावी कर लगाएर कर प्रसाद ओली उपनाम पाएका सम्माननिय प्रधानमन्त्री ज्यूको सरकारको कामकारावाही हेर्दा उहाँले सधै झुटको आश्वासन दिने , झुटको खेती गर्ने भएकोले अब उहाँको नाम झुट प्रसाद ओली उपनाम दिदैमा केही फरक पर्ने वाला छैन ।”

सरकारका चिप्ला र फोस्रा भाषण मात्रैले विकास निर्माणमा सफल हुन नसकिने तर्क उहाँले गर्नुभयो ।

सांसद चन्दा चौधरीले रेशम चौधरीलाई विरामीको उपचार गराउदै २४ केजीको सिक्रि लगाएर उपचार गराउने काम भएको भन्दै त्यसबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सिक्रि लगाएर उपचार गराउने काममा संलग्नलाई प्रधानमन्त्रीले कारवाही गर्न दिएको निर्देशन कार्यान्वयन बारे भएको प्रगती बारे जानकारी गराउन पनि यहाँले गृहमन्त्रीसंग माग गर्नुभयो । दश बर्षे जनविद्रोह, गौर हत्याकाण्डका योजनाकारहरु सरकारमा रहेको र टिकापुर घटना पनि राजनीतिक जनविद्रोह भएको भन्दै उहाँले सरकारले विभेदको नीति लिएको आरोप लगाउनुभयो ।

सांसद प्रदीप यादवले चौधरी भएकै कारण सरकारले रेशम चौधरीलाई सरकारले जेल हालेको भन्दै मुलुकमा मानवअधिकार र सरकार नभएको आरोप लगाउनुभयो । उहाँले चौधरीलाई तत्काल रिहा गर्न सरकारसंग माग गर्नुभयो । उहाँले २० औ हजार हत्या गर्नेहरु अहिले मन्त्री बनेको भन्दै सरकारलाई विभेदकारी व्यवहार नगर्न सचेत गराउनुभयो । उहाँले भन्नुभयो “रेशम चौधरीलाई अबिलम्ब रिहा गर्नुपर्छ । राजनीतिक बन्दी हुन् । कुनै हत्यारा होइन । रेशम चौधरीले कसैको हत्या गरेको छैन । गोली चलाएका छैनन् । सिर्फ थारु र मधेसीका लागि आन्दोलन गरेका हुन् । आन्दोलन गरेका कारण रेशम चौधरीलाई जेलमा राख्नु जायज होइन । सपथ खुवाएर पनि रेशम चौधरीलाई जेलमा राखिएको छ । यो अन्याय हो । २० औ हजार हत्या गर्नेहरु सरकारमा छन् । मन्त्रीको झण्डा फहराएर हिडिरेहेका छन् । थारुको छोरा जेलमा छ । ”

सांसद झपट बहादुर रावलले प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्रीलाई ‘झुट प्रसाद र कर प्रसाद ओली’ भनेको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउनुभयो । जनप्रतिनिधिले बोल्ने भाषा शैली शिष्ट, सभ्य र सुसंस्कृत हुनुपर्ने भन्दै उहाँले संसदीय मर्यादा कायम गराउने तर्फ पनि सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “प्रतिपक्षी दलका माननिय ज्युले सम्माननिय प्रधानमन्त्री ज्युको नाम बंग्याएर कर प्रसाद र झुट प्रसाद भन्नुभएको छ । यसैगरी हामीले पनि प्रतिपक्षी दलका नेता ज्यु पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा लगायतका अन्य नेताहरुलाई, शेर बहादुर देउवा नभनेर छेरबहादुर देउवा भन्न हामी बाध्य भयौ भनेदेखी के हुन्छ ? अमर्यादित र असभ्य भाषा रेकर्डबाट हटाईयोस् ।”

प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकारको प्रतिवद्धता अनुसार काम नभएको र सर्वत्र कर बढाउने काम भएको भन्दै प्रधानमन्त्री ओलीलाई करप्रसाद र झुट प्रसादको उपनाम राखिदिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो ।

त्यसपछि सभामुख कृष्ण बहादुर महराले विषयवस्तुलाई गम्भीरता पुर्वक लिएको उल्लेख गर्दै त्यसबारे पछि निर्णय गर्ने बताउनुभएको थियो ।

सांसद मेटमणि चौधरीले मुलुकभरका किसानले धान खेती लगाउने समयमा मल नपाएर समस्यामा परेको भन्दै रासायनिक मल उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । धान रोप्ने समयमा डिएपी र युरिया मलको सधै अभाव हुने र अहिले पनि त्यो अवस्था देखिएको भन्दै तत्काल रासायनिक मल सहज उपलब्ध हुने व्यवस्थाका लागि पहल गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com