ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेतृत्वको कार्यक्षमता र दुरदर्शी योजना नहुदा निगम व्यवसायीक क्षमता हासिल गर्न सकेन (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ५ असार ।  नेपाल वायुसेवा  निगमको स्पष्ट व्यवसायिक योजना नहुदा निगम निरन्तर घाटामा छ । व्यवसायिक योजनाबिनै निगमले वाइड बडी, न्यारो वडी जहाज खरिद गरे पनि निमग उठ्नै नसक्ने गरी थला पर्दै गएको छ ।

नेपाल वायुसेवा निगमसँग कुनै व्यवसायिक योजना नहुँदा दिनप्रतिदिन खस्कदो अवस्थामा छ । कुनै व्यवसायिक योजना विहिन् जहाज खरिद गर्दा होस अथवा व्यवस्थापकिय सुधार नहुदा निगम समस्याको चाङमा फस्दै गएको हो ।

नेतृत्वको कार्यक्षमता र दुरदर्शी योजना नहुदा निगम व्यवसायीक क्षमता हासिल गर्न सकेन । ६ दशक लामो इतिहास बोकेको निगम हालसम्म घाटाको विवरण सार्वजनिक गर्न बाध्य छ । एयर सेवा निजी क्षेत्र नाफामा चलिरहेको बेला सरकारी निगमको अवस्था भने निकै टीठ लाग्दो छ । निगमसँग घरेलु उडानका लागि ९ जहाज छन् । जस मध्ये सातवटा जहाज उडान गर्न सक्ने अवस्थामा छैनन् । २ वटाले उडान भरिरहेका छन् । पाइलट अभावको कारण जहाज उडाउन नसकिएको निगमको वाहाना छ ।

आन्तरिक व्यवस्थापन असक्षमताका कारण कयौँ पाइलट जिम्मेवारी विहिन जस्तै छन् । आन्तरिक उडानका सातवटा जहाज ग्राउन्डेड हुँदा निगमलाई दैनिक २१ लाख र मासिक ६ करोड ३० लाख घाटा बेहोर्न परेको छ । निगमले आजसम्म कुनै पनि व्यवसायिक योजना अघि सार्न सकेको छैन । जुन जोगी आएपनि कानै चिरेको भनेजस्तै निगमको नेतृत्वमा जो आएपनि निरन्तर घाटामा जाने गरेको छ । आन्तरिक उडानका लागि पाँच वर्ष अघि चीनबाट खरिद गरिएका ६ जहाज मध्ये ५ वटा जहाज ६ महिनादेखि थन्किएका छन् । कामदारको लागि भिडभाड हुने दुबईमा उडान बढाउनुपर्नेमा उल्टो घटाइएको छ ।

त्यस्तै कोरिया र जापानमा उडान भर्ने भनेर अहिलेसम्म पनि निगमको असक्षमताका कारण अहिलेसम्म पनि उडान सुचारु हुन सकेको छैन । निगम व्यवस्थापकको अकर्मण्यताका कारण जापानको नारिता उडान संचालन गर्नु पर्नेमा ओसाकामा उडान संचालन गर्नाले सेवामा प्रगति भएन । जापानको नारिता नेपालीहरुको सघन बस्ती क्षेत्र हो । जहाँ सेवा सुचारु भएको भए निगमले लाभ लिन सक्नेथियो । तर निगम डुबाउने निगम भित्रकै माफियाका कारण जापान उडानको बिचल्ली छ । तर निगमका जिम्मेवारहरु यो विषयमा सहमत छैनन् ।

भएका जहाज नचलेर थन्किएका छन् । पाइलट अभाव भनिरहेको छ निगम आफैँ । अझ आगामी दिनमा दुइवटा जहाज किन्ने योजना रहेको निगमको भनाइ छ । चलाउन नसकिने जहाज किन अर्बौ खर्च गरेर किन्नु पर्यो ? कुरा स्पष्ट छ । जहाज चलाएर नागरिकलाई सेवा सुविधा दिनुभन्दापनि आर्थिक दोहन गर्ने मुख्य रुपमा लिएको छ निगम नेतृत्वले । खैर जहाज खरिदलाई उसले भिजिट नेपाल ट्वान्टी ट्वान्टीको लागि पर्यटक भित्राउन भन्न छोडेको छैन ।

यता नेपाल वायुसेवा निगमले तीन दशकदेखि उडाइरहेको बोइङ ७५७ जहाज बिक्री गर्ने तयारी गरिरहेको छ । मर्मत गरेर उडाउनुभन्दा बेच्नु नै फाइदा भएकोले बेच्न लागेको निगम बताउँछ । तर अघिल्ला वर्षहरुमा कौडीको भाउमा जहाज बेचेर अनियमितता भएको नागरिक समाजको दावी छ ।

घरेलु होस या बाह्रय क्षेत्रमा निगम लगभग असफल जस्तै छ, मुलतः दुरदर्शी व्यवसायीक योजनाको अभावमा ६ दशकसम्म पनि विमानसेवा संचालनबाट नाफामा जानै सकेन ।

निगम नेतृत्व सधै विवादमा तानिदै आयो ।नेपालको ध्वजावहाक विमान सेवा जर्जर अवस्थमा गुज्रिदै गयो । नेपाल वायुसेवा निगममाथिको चरम राजनीति हस्तक्षेपले धराशायी बन्दै गएको हो । अन्त अदुरदर्शीको निगम नेतृत्वका साथै नीतिगत सुधारमा राज्य लाग्न नसके नेपाल वायु सेवा निगम मुलुक डुबाउने सेतो हात्तीमै थन्किने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com