ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बडिमालिका नगरपालिकाको कार्यालयमा तालाबन्दी


एबीसी न्यूज

 

 

काठमाडौं, ४ असार । खानेपानीको माग गर्दै स्थानीयवासीले बडिमालिका नगरपालिकाको कार्यालयमा आज दिउँसो ताला लगाएको छ ।

धारामा पानी नआएको करीब एक महीना बित्न लाग्दा पनि नगरपालिका र मार्तडी वृहत खानेपानी उपभोक्ता समितिले व्यवास्ता गर्दा खानेपानीको अभाव भएपछि उनीहरुले ताला लगाएका हुन् ।

हातमा रित्तो भाँडा लिएर नारा जुलुस प्रदर्शन गर्दै उनीहरुले जिल्ला सदरमुकाम मार्तडीस्थित नगरपालिकाको कार्यालयमा ताला लगाएको दुनीहाट बजार व्यवस्थापन समितिका सचिव मदन रोकायाले बताउनुभयो ।

धारामा खानेपानी नआएको एक महीना बित्न लाग्दा पनि सम्बन्धित निकाय मौन बसेपछि रित्तो भाँडा लिएर नारा जुलुससहित नगरपालिकामा ताला लगाउन बाध्य भएको रोकायाको भनाइ छ ।

मासिक रुपमा खानेपानीको महसुल तिर्ने गरेको भए पनि समयमै धारामा खानेपानी नआउँदा स्थानीय र व्यापारी र होटल व्यवसायी आन्दोलित भएका हुन् । मार्तडी बजारमा बस्दै आएका होटल व्यवसायी, व्यापारी, स्थानीय, निजी तथा सरकारी विद्यालयमा खानेपानी नआउँदा समस्या भएको छ ।

खानेपानी उपभोक्ता समितिको चरम लापरवाहीका कारण खानेपानीको अभाव देखिएको आरोप उनीहरुको छ । खानेपानीका पाइपलाइन सडक निर्माणका क्रममा स्काभेटरले छेदविच्छेद बनाएपछि सदरमुकाममा खानेपानीको अभाव भएको हो ।

बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले दोषीलाई कारवाही गर्ने र खानेपानी उपभोक्ता समितिका अध्यक्षलाई तत्काल सहज रुपमा खानेपानीको आपूर्ति व्यवस्था मिलाउने बारेमा पहल गर्ने बताउनुभयो ।

मार्तडी खानेपानी उपभोक्ता समितिका अध्यक्ष खडकबहादुर रावलले मार्तडी–बडिमालिका पर्यटन मार्गको सडक निर्माण भइरहेकाले सडक निर्माणका क्रममा डोजरले पाइप काटेपछि खानेपानी नआएको उल्लेख गर्दै खानेपानीको सहज व्यवस्थापनका लागि कार्य भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com