ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुखले बोल्न समय उपलब्ध नगराएको काङ्ग्रेसको आरोप


एबीसी न्यूज
असार ४, २०७६ बुधबार  १ : ०५ बजे

 

 

काठमाडौं, ४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाको बैठकमा पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले बोल्नका लागि समय माग गर्नुभएकामा सभामुख कृष्णबहादुर महराले बोल्न समय उपलब्ध नगराएको आरोप लगाउँदै आपत्ति प्रकट गरेको छ ।

काङ्ग्रेस संसदीय दलको कार्यालयद्वारा जारी विज्ञप्तिमा विचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सदनको ‘वेल’ घेर्नुपर्ने अवस्था सिर्जना भएको तथा सदनमा प्रमुख प्रतिपक्ष दलका नेतालाई नै बोल्न समय नदिनु सभामुखको गैरउत्तरदायी कार्य भएको भनी टिप्पणी गरिएको छ ।

प्रधानमन्त्री युरोप भ्रमण जाँदा सदनलाई कुनै जानकारी नदिएको र भ्रमणको पाँच दिनपछि मात्र राष्ट्रपति कार्यालयको पत्रबाट सदनलाई प्रधानमन्त्रीको युरोप भ्रमणबारे जानकारी भएको काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी सो पार्टीले मङ्गलबार प्रतिनिधिसभा बैठकमा भएको घट्नाको व्यवहारले ‘सरकार बहुमतको, संसद् प्रतिपक्षको’ भन्ने मान्यता कार्यान्वयन नभएको भनी टिप्पणी गरेको छ ।

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सभामुखले बैठक अघि नबढाई सोझै प्रधानमन्त्रीलाई बोल्न निम्त्याएर प्रतिपक्षी स्वरलाई निषेध गर्न खोज्दा संसद्मा द्वन्द्व भएको आरोप लगाउनुभएको छ ।

संसद्मा प्रधानमन्त्रीले सम्बोधन गर्नुपूर्व प्रतिपक्षी नेताले आम नागरिकका चासोका विषयमा कुरा राखिसकेपछि प्रधानमन्त्रीले त्यसउपर आवश्यक सम्बोधन गर्दा लोकतान्त्रिक, व्यवहारिक र हार्दिक हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वमन्त्री खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

एक मात्र विकल्प महाधिवेशन ः राप्रपा महामन्त्री राणा भिडियो

सम्बन्धित

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

तिब्बत र ताइवानसम्बन्धी गतिविधिबाट टाढा रहन चीनको नेपाललाई दबाब

‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’

समानान्तर गतिविधि नरोकेपछि पूर्णबहादुरलाई कांग्रेसले स्पष्टीकरण सोध्ने

सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिकले काट्यो चिट

रास्वपाले बोलायो संसदीय दलको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com