ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीको कार्यक्रम जनताको बहुदलीय जनवाद नभई जनताको जनवाद भएको– अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
असार २, २०७६ सोमबार  ६ : ३५ बजे

 

काठमाडौं, २ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आधिकारिक कार्यक्रम जनताको बहुदलीय जनवाद नभई जनताको जनवाद भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बिहान जनयुद्धका सहिद रितबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच जनताको जनवादका विषयमा सहमति भएको र यही नै पार्टीको कार्यक्रम भएको दाबी गरेका हुन् ।

सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी एकतापछि पनि पार्टीको कार्यक्रम जनताको बहुदलीय जनवाद नै भएको दाबी गर्दै आएका थिए । उनले एकतापछि पूर्वएमालेले लिएको कार्यक्रममा कुनै भिन्नता नआएको भन्दै बहुदलीय जनवाद नै पार्टीको कार्यक्रम भएको बताउँदै आएका थिए । अध्यक्ष प्रचण्डले नेता पोखरेलतर्फ संकेत गर्दै ‘जनताको जनवाद’ बुझ्न नसकेर कन्फ्युज भइरहेको बताएका हुन् ।

‘पार्टीको कार्यक्रम जनताको जनवाद होइन भन्नेहरु पार्टीको कार्यक्रम बुझ्न नसकेर ‘कन्फ्युज’ भइरहेछन्’ उनले भने, ‘कसैले बुझे पनि नबुझे पनि पार्टी यही कार्यक्रमका साथ अगाडि बढ्छ । दुई अध्यक्षका बीचमा यही सहमति भएको हो ।’ उनले पार्टी एकता सिद्धान्तहीन ढंगले नगरेको दावी गरे । माक्सवादकै पथप्रदर्शनमा समाजवादी बाटोमा अगाडि बढ्ने उद्देश्यका साथ भएको दाबी गरे ।

‘जनताको जनवादको कार्यक्रमसहित जाने र देशलाई आर्थिक समृद्धि र विकासतिर लैजाने प्रस्ट लक्ष्यका साथ हामीले पार्टी एकता गरेका छौँ’, अध्यक्ष प्रचण्डले भने, ‘कतिपयले यो लक्ष्यलाई राम्रोसँग नबुझेर कन्फ्युज हुनसक्ने पनि हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मन्त्रीहरूको सम्पत्ति स्रोत : पारदर्शिता कि प्रश्न ?

हंगेरीमा दक्षिणपन्थी पपुलिस्ट ओरबानको पराजय : १६ वर्षको शासन अन्त्य

सम्बन्धित

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति

कृषिमन्त्रीले सम्पत्तिमा देखाइन् २ वटा बाख्रा र १० वटा कुखुरा

सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी

प्रधानमन्त्री बालेनकी श्रीमतीको १९० तोला गरगहना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com