
काठमाडौं, २९ जेठ । नेपालपत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दु गेलाङको सवारी दुर्घटनामा निधन भएको छ ।
३८ वर्षीय गेलाङ चढेको भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई आज दिउँसो बा ५ ख १६८३ नम्बरको टिपरले भेरीगंगा नगरपालिका–८ लहरे बजारअगाडि ठक्कर दिँदा सहसचिव नन्दु गेलाङको घटनास्थलमा नै मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी प्रमुख पहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।
डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका गेलाङ सुर्खेतबाट प्रकाशित हाम्रो पहिचान दैनिकका सम्पादक/प्रकाशक कार्यरत हुनुहुन्थ्यो । टिपर चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्