ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोटो बेचेर करोडौं आम्दानी


admin
कार्तिक ७, २०७४ मंगलबार  १२ : २४ बजे

रोल्पा, ७ कात्तिक ।  सामुदायिक वनमा रहेको खोटो, रोल्पा जिल्लाका सामुदायिक वन उपभोक्ता समूह र स्थानीय सरकारको आम्दानीको राम्रो स्रोत बनेको छ ।

जिल्लाबाट हरेक वर्ष करोडौँ रूपैयाँको खोटो बिक्री हुने भएकाले त्यसको प्रत्यक्ष फाइदा सामुदायिक वन उपभोक्ता समूह र स्थानीय सरकारलाई हुँदै आएको छ ।

गत आवमा जिल्लाबाट निकासी भएको २५ लाख ९२ हजार ४८ किलोग्राम खोटो बिक्री भएको र यसबाट सामुदायिक वन उपभोक्ता समूहको खातामा रु दुई करोड ६० लाख ४१ हजार ४९ जम्मा हुनाका साथै जिल्ला समन्वय समितिमा प्रतिकिलो ८० पैसाका दरले रु २० लाख ७३ हजार ६३८ राजश्वबापत बुझाइएको जिल्ला वन कार्यालयले जनाएको छ । मूल्य अभिवृद्धि करस्वरूप खोटो कम्पनीबाट रू ३३ लाख ८५ हजार ३३९ समेत जम्मा भएको उक्त कार्यालयले जानाएको छ ।

जिल्लामा छ वटा रोजिन एण्ड टर्पेन्टाइन उद्योगले सन २०१६ मा खोटो संकलनको काम गर्दै आएकाले गरेकासामुदायिक वन उपभोक्ता समूहको आम्दानीको राम्रो स्रोत बन्नुका साथै संकलित खोटो बिक्रीबाट स्थानीयलाई रोजगारीको माध्यम पनि बन्दै आएको जिल्ला वन अधिकृत भीम कालीकोटेले जानकारी दिनुभयो ।

जिल्लामा हस्तान्तरण भएका ६२५ सामुदायिक वन उपभोक्ता समूहमध्ये २०५ सामुदायिक वनबाट खोटो संकलनको काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com