ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोल्ट्री ब्यबसायिको अन्तक्रिया कार्यक्रम सम्पन्न


एबीसी न्यूज
जेष्ठ २६, २०७६ आईतबार  ४ : ०९ बजे

धादिङ, २६ जेठ । रसुवाको कालिका गाउँपालिका २ स्याउबारीमा पोल्ट्री ब्यबसायि भलाई सँघको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
धादिङ, नुवाकोट र रसुवाको पोल्ट्री व्यवसायीहरु सम्मिलित एक दिन अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्र्तक्रिया कार्याक्रममा बोल्दै प्रदेश साँसद तथा कार्यक्रमका प्रमुख अतिथी हिरानाथ खतिवडाले नेपालको एक मात्र आत्मनिर्भर व्यवसाय पोल्ट्री रहेकाले यसको विकास र विस्तार र सम्भावनाको लागि सरकारले ध्यान दिएको बताए ।

कार्यक्रमका बिषेश अतिथी तथा सँस्थाका वरिष्ठ सल्लाहकार एवं जिफन्ट कृषि मजदुर सँघका केन्द्रिय सदस्य सुरेश आचार्यले पोल्ट्री व्यवसायमा बिभिन्न समयसन्दर्भमा आउने बडफ्लु हल्ला एवम् अन्य रोगब्याधले बजार डामाडोल हुने र लाखौ करोडौँको लगानी धराशायी हुने जोखिम देखिएको बताए ।

आचार्यले ब्यबसायिक अधिकारका निम्ति सँगठित हुनु अपरिहार्य रहेको भन्दै साँगठनिक शक्तिले मात्र पेशाको रक्षा र सुरक्षा गर्न सक्ने बताए । स्वस्थकर मासु लगायत अन्य बिभिन्न खानपानले मानव जिवनलाई प्रत्यक्ष प्रभाव पार्छ र यस भलाई सँघले काठमाण्डौ लगायतका गाउँ बस्ती एवम् बजारहरुमा स्वस्थकर मासु उपभोक्ताको माझमा पुराएर मानव जिवनलाई निरोगी बनाउन योगदान पुराउन सक्ने बिश्वास व्यक्त गरेका छन् ।

यस्तै कार्यक्रममा रसुवा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी सपना भट्टराईले यस व्यवसायको प्रगतिको लागि शुभकामना दिएकी छिन् । सँघले अन्तक्रिया कार्यक्रम सँगै बनभोज कार्यक्रम पनि गरेको हो । कार्यक्रममा सँघका अध्यक्ष हेरम्बराज कोईरालाले यस व्यवसायमा दुख पनि रहेको, आफुहरुले दुख पनि भोगेको बताउँदै सफलताको लागि एक आपसमा हातेमालो गर्नुपर्ने बताए ।

कार्यक्रममा कालिका गाउँपालिका रसुवाका उपाध्यक्ष भवानी न्यौपाने विभिन्न गाउँपालिकाका पदाधिकारी एवम् वडा अध्यक्षहरु,स्थानिय समाजसेवी लगायतले कुखुरा व्यवसाय भित्रको समस्या र यसका समाधानका लागि राज्यले पहल गर्नु पर्ने सुझाव दिएका थिए । धादिङ , नुवाकोट र रसुवामा मात्र करिब १०० जना कुखुरा व्यवसायी छन भने यश व्यवसायमा करोडौंको लगानी रहेको छ । यस छेत्रले काठमाडौ उपत्यकाको बजारमा कुखुराको मासु खपतमा मुख्य योगदान पुराउदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

सम्बन्धित

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सरकारको प्रतिवद्धता

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना : सबैको जीवनमा सुख र आरोग्य छाओस्

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् – ओेली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com