
काठमाडौं, २४ जेठ । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशलाई सुखी र समृद्ध बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।
सप्तरीको मलेठ घटनाका शहीदहरुको स्मृतिमा प्रदेश सरकारले निर्माण गर्न लागेको शहीद स्तम्भ शिलान्यासका क्रममा आज उहाँले प्रदेशलाई सुखी र आर्थिक रुपमा सम्बृद्ध बनाउन सकिए मात्र शहीदको सपना पूरा हुने भएकाले त्यहीअनरुप प्रदेश सरकारले योजनाहरु बनाएको बताउनुभयो ।
आफूहरुले संविधान संशोधनको मुद्दामा अझै सङ्घर्ष जारी राखेका छौँ भन्दै राजपाका नेतासमेत रहनुभएका मन्त्री सोनलले संविधान संशोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । गत २०७३ साल फागुन २३ गते तत्कालीन एमालेको मेची महाकाली अभियानका क्रममा प्रहरी र संयुक्त मधेशी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो । सो घटनामा शहीद भएकाहरुको सम्झनामा प्रदेश २ सरकारले घटनास्थलमा शहीद स्तम्भ निर्माण गर्न लागेको हो ।







प्रतिक्रिया दिनुहोस्