ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जयनगर–जनकपुर रेल सञ्चालनको काम तिब्र , व्यवसायीमा आर्थिक समृद्धिको सपना पलायो


एबीसी न्यूज

काठमाडौं, २४ जेठ । कुनै बेला जनकपुर–जयनगर रेलसेवा सञ्चालन हुंदा व्यापारिक केन्द्रको रुपमा स्थापित शहर थियो जनकपुरधाम । करिव एक दशक अगाडी मानिसहरुले रेल सेवालाई समान आयात र्नियात देखि भारत जाँने मुख्य साधनको रुपमा प्रयोग गर्ने गथ्र्यो । त्यती बेला व्यापारिक केन्द्रनै बनेको थियो जनकपुरधाम र व्यपारिक केन्द्र बनाएको थियो, त्यही रेल सेवाले । तर, रेलसेवा बन्द भएपछि यो क्षेत्रमा ब्यवसाय संचालन गरेका ब्यवसायीमा बिस्तारै नकारात्मक प्रभाव पर्न थाल्यो । अब फेरि रेल संचालन हुने अवस्था आएपछि जनकपुरका व्यवसायी उत्साही भएका छन् ।

व्यावसाय चौपट भएपछि कर्जाको दबाब सहन नसकेर केही व्यपारी विस्थापित भएका छन् भने केही भारत पलायन भएका छन् । जनकपुरमा एशियाली विकास बैंकबाट नगरको सडक क्षेत्र विस्तारले पनि यहा“को व्यापरीलाई मर्कामा पु¥यायो । निर्माणमा ढिलाई र सडक निर्माणले अधिकांश घर भत्काएपछि कोठा नपाउनु, घरबेटीले भाडा बढाउनु जस्ता समस्या व्यपारीलाई खेप्नु परेको छ । तर, वव्यपारिक केन्द्रको विकास जहा“ सुकै र जहिले सुकै पनि सम्भव हुन्छ । भारतको जयनगर हुदै नेपालको जनकपुर सम्म चल्ने रेलसेवाले अब आम नागरिक र व्यपारीलाई केही राहत दिने विश्वास छ । रेल सञ्चालनको काम तिब्र रुपमा भईरहेकाले जनकपुरका आम सर्वसधारणदेखि व्यापारीहरुमा आर्थिक समृद्धिको सपना पलाउन थालेको छ ।

जनकपुरका व्यवसायीहरुको भनाईमा रेलसेवा शुरु भएपछि भारतको विभिन्न ठाउबाट मालसमान ल्याउनमा त सहज हुन्छ नै, साथै वर्षौदेखि ठप्प भएको व्यापार पनि फस्टाउछ ।

‘जनकपुर जयनगर रेल सञ्चालनले जनकपुरको बजार सस्तो हुनुको साथै व्यपारीहरु आर्थिक रुपले सशक्त पनि हुने बताउ“छन् स्थानीय व्यपारी । रेल सेवा सञ्चालनमा आएपछि व्यपारीहरुको व्यपार बढनुको साथै बजार क्षेत्र पनि फस्टाउने र स्वरोजगारीको अवसरहरु सिर्जना हुने उनको भनाई छ । रेलसेवा सञ्चालनमा आएपछि जनकपुरको विकास पर्यटनसंगै व्यापार फस्टाउ“छ र त्यसबाट व्यपारीहरुको अवसर सिर्जना हुने उद्योग वाणिज्य संघ प्रदेश २ अध्यक्ष शिव शंकर साहको विश्वास छ । जनकपुरमा धार्मिक तथा ऐतिहासिक सम्पदाहरु भएकोले भारतबाट ठूलो संख्यामा पर्यटक आउने र त्यसबाट राजश्वमा समेत योगदान पुग्ने शाहले बताए । रेल सञ्चालनले व्यपारीहरुको व्यपार फस्टाउ“छ । रेल परिक्षणको क्रममा सर्वसाधारणसंगै व्यपारीहरु पनि रमाएको देखिन्छ । जनकपुर राजधानी भएको हुनाले यहा“को व्यवसाय स्वत फस्टाउने ब्यापारी बताउ“छन् । प्रदेश २ को राजधानी नै बन्ने सम्भावना रहेको जनकपुरमा रेल सेवा सञ्चाल भएपछि पर्यटकको घुईचो लाग्ने भन्दै पर्यटनले यहाको व्यवसायमा ठुलो टेवा पुग्ने बताउ“छन् ब्यवसायी शिव शंकर शाह ।

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साहले व्यवस्थित सडक र रेल सञ्चालनमा आएपछि जनकपुरको व्यपार फस्टाउने अशा पलाएको बताउ“छन् । जयनगर–जनकपुर रेल सेवा सञ्चालन भएपछि आम नागरिक र व्यपारी लाभावान्वित पक्कै हुने छन् । जसले गर्ला रेल सेवा सञ्चालनमा आएपछि बजार सस्तो हुनु र व्यपार स्वभाविक रुपमा बढ्ने छ ।

रेल सेवा बन्द भएपछि व्यपारिहरु त मार्कामा परे नै र जनकपुरले आफ्नो एउटा इतिहास गुमाए झै महसुस समेत गरेको छ । तर फेरि एकपटक रेल आउने कुराले आम जनकपुरवासीलाई निकै उत्साहित पनि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com