ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गर्मी लागेसँगै त्रिपुरेश्वर आँखा अस्पतालमा बिरामी बढे


एबीसी न्यूज
जेष्ठ २०, २०७६ सोमबार  १ : ३४ बजे

 

काठमाडौं, २० जेठ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा आँखाका बिरामी बढ्दै गएका छन् ।

विस २०३० चैत २६ मा स्थापना भएको अस्पतालमा पछिल्लो समय बढ्दै गएको धुलोधुँवा, वायुप्रदूषण र बढ्दो सामाजिक सञ्जालकोे प्रयोगसँगै आँखाका बिरामी बढेका हुन् ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले नयाँ प्रविधिको प्रयोगसँगै आँखाका बिरामी बढेको बताउनुहुन्छ । “पहिला दैनिक ३०० व्यक्तिले बहिरङ्ग९ ओपिडी० सेवा र दैनिक पाँच जनाले शल्यक्रिया सेवा लिने गरेकोमा अहिले दैनिक ५०० ले ओपिडी र ३० भन्दा बढीले शल्यक्रिया सेवा लिएका छन्”,–उहाँ भन्नुहुन्छ ।

“क्यानडा अप्रेसन आइसाइड युनिभर्सल र नेपाल आँखा अस्पतालको साझेदारीमा भौतिक व्यवस्थापन पक्षको सुधारसँगै सर्जरी गर्नको लागि १५ देखि २० मिनेट लाग्नाले विरामीको सङ्ख्या पहिलेको तुलनामा बढेको हो”, घले भन्नुहुन्छ । अस्पतालको सेवा विस्तारको लागि क्यानडा अप्रेसन आइसाइड युनिभर्सलले रु एक करोड बराबरको आर्थिक सहयोग गरेको छ ।
विगतमा एउटा शल्यक्रिया गर्न चार घण्टासम्म लाग्ने र दुई तीन दिनसम्म आराम गरेर बस्नुपर्ने बाध्यता भए पनि नयाँ प्रविधिको प्रयोगसँगै अहिले उक्त प्रक्रिया हटेको छ ।

यस्तै अस्पतालमा कार्यरत कर्मचारीलाई क्यानडा अप्रेसन आइसाइड युनिभर्सलले तालीम समेत प्रदान गर्दै आएको छ । उक्त अस्पतालमा हाल १०० कर्मचारी तथा चिकित्सकले सेवा प्रदान गर्दै आएका छन् ।

अस्पतालका अधिकृत केदार कार्की नेपाल आँखा अस्पतालले आगामी दिनमा आफ्नो सेवा विस्तार गर्न लागेको बताउनुहुन्छ । “त्रिपुरेश्वरबाट सेवा दिएको अस्पतालले बाराको सिमराबाट सेवा दिनका लागि अस्पतालको नाममा जग्गासमेत प्राप्त गरिसकेको छ,”–उहाँ भन्नुहुन्छ ।

सिमरामा अस्पताल निर्माणका लागि सिमरा उपमहानगरपालिका–४ निवासी काशिम मियाँले रु दुई करोड मूल्य बराबरको पाँच कठ्ठा जग्गा सहयोग गर्नुभएको छ । कम समयमा गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल लागिरहेको कार्कीको भनाइ थियो ।

अस्पतालले आर्थिक वर्ष २०७४÷७५ मा एक लाख २८ हजार ७१६ बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ भने ६ हजार बिरामीको शल्यक्रिया गरेको छ । चालू आर्थिक वर्षमा भने एक लाख १२ हजार ५२० बिरामीलाई ओपिडी सेवा र पाँच हजार बिरामीको सर्जरी गरेको अस्पतालका अधिकृत कार्की बताउनुहुन्छ ।

अस्पतालले हाल वार्षिक विभिन्न जिल्लाका १५ देखि २० स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । तनहुँ, लमजुङ, गोरखा, जुम्ला, ओखलढुङ्गा, धादिङ, रामेछाप, दोलखालगायतका पहाडी जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको अस्पतालले जनाएको छ ।

नेपाल आँखा अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दश हजार बिरामीलाई ओपिडी सेवा र एक हजार बिरामीलाई शल्यक्रिया सेवा प्रदान गरेको छ । यस्तै विभिन्न विद्यालयका विद्यार्थीलाई समेत सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालले ८० रुपैँयामा बिरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएको छ । आँखाका बिरामीलाई दिने सेवालाई झन्झटमुक्त बनाउन टोकन प्रक्रिया शुरु गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका–इरान वार्ता बिना सहमति टुंगियो, उपराष्ट्रपति भान्स इस्लामावादबाट फर्किए

अमेरिका–इरान वार्ता: ‘अन्तिम प्रस्ताव’ टेबलमा, तर सम्झौता अझै टाढा

सम्बन्धित

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

प्रधानमन्त्रीको भारत भ्रमणबारे सैद्धान्तिक सहमति, मिति तय हुन बाँकी

केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com