ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरेन्द्र महर्जन अमरको चर्चित कृति भाग्य सार्वजनिक


एबीसी न्यूज

काठमाडौं, २० जेठ । नेपाली कथानक गीति चलचित्र भाग्य अनाथ बाल बालिकाहरूको सहयोगार्थ च्यारीटी सो रौतटहको चन्द्रनिगाहपुर स्थित ब्रो–सिस डिजिटल सिनेमा हलमा प्रथम विशेष च्यारीेटी सो गरिएको हो । उक्त चलचित्र आजभन्दा करिब सय बर्ष पहिलाको इतिहासिक तत्कालिन परिवेशमा गरिवी र अभावमा पिल्सीएका परिवारको अमर–प्रेम कथा, दुखसुख, जन्म मृत्यु, भागेर विवाह गर्ने कथा, माया प्रेमका कुरा चित्रण गरिएको छ ।

चलचित्र कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरको चर्चित कृति गीति नाटक भाग्य भित्रको कथा समेटिएर निमार्ण गरिएको साहित्यकार महर्जनले बताउनुभयो । उहाले सो कृति तयारी गर्न २५ बर्ष समय लागेको जानकारी दिनुभयो । कुनै कृति प्रकाशन गर्न गार्‍हो नभएको तर गीति नाटक भाग्य प्रकाशित गर्न धेरै वर्ष लागेको कुरा सुनाउनु भयो ।

फिल्मको रूप दिन मात्रै तीन वर्ष लागेको कुरा बताउनु भयो । उक्त चलचित्रको विशेष च्यारीटी सो गर्नकालागि काठमाण्डौबाट भाग्य चलचित्रको लेखक स्वयं कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन अमर, निर्देशक रोशनकुमार, कार्यकारी निमार्ता दिनेश जंग खड्का, कलाकार प्रकाश श्रेष्ठ तथा संगीतकार एवं गायक सुर्य कमल राई दनुबार कार्यक्रमको प्रतिनिधित्व गर्दै रौतहट पुग्नु भएको थियो ।

विशेष च्यारीटी सो मा प्रमुख अतिथि रौतहट क्षेत्र नं ४ का प्रदेश सभा सदस्य धनलाल ठोकर, संचारकर्मी संजय कार्की, जितेन्द्र सिहदनुवार, सागर हुमागाई, स्थानिय समाजसेवी कर्ण लामा, बिकिथापा, विद्यार्थी नेता सुर्य बहादर थापा, श्यामहरी चौलागाई, स्ववियु सभापति संगम श्रेष्ठ, मातृभुमि विकाश नेपालका अध्यक्ष सन्तोष काफ्ले लगाएतबाट चलचित्र मौलिक, नारी संवेदनात्मक, जिन्दगीमा घट्ने घटना, सबैको मन छुने, धेरै बर्ष पुरानो कथामा मार्मिक तथा ऐतिहासिक रहेको प्रतिकृया दिनु भएको थियो ।

चलचित्रमा चर्चित कलाकारहरू निता ढुंगाना, यसराज गराज, सुनिल कटुवाल, पूर्णिमा लामा,अदिती श्रेष्ठ, सानु ताम्राकार, प्रकाश श्रेष्ठ, कृष्ण भट्टराई, ईश्वर फुयाँल, सुरेन्द्र महर्जन, राजु श्रेष्ठ, सुर्यकमल राई, लगाएतको भुमिका लाई देख्न सकिन्छ । सो चलचित्र जय मातृभुमि सिनेमा एण्ड कृयशन प्रा। लि को ब्यानरमा सरिता महर्जनले निमार्ण गनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com