ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको १५औँ प्रधानमन्त्रीका रूपमा मोदीले सम्हाले भारतको सत्ता, यी हुन भारत बनाउने मन्त्री


एबीसी न्यूज
जेष्ठ १७, २०७६ शुक्रबार  ७ : २८ बजे

दिल्ली, १७ जेठ । भारतको १५औँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले  पद तथा गोपनीयताको शपथग्रहण लिनुभएको छ । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई सपथग्रहण गराउनुभएको हो । हालै सम्पन्न १७ औँ लोकसभा निर्वाचनपछि मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले अत्यधिक बहुमत ल्याएकाले मोदीले सरकार गठन गर्नु भएको हो । प्रधानमन्त्रीका रुपमा ६८ बर्षीय मोदीको यो दोस्रो कार्यकाल हो । शपथग्रहण समारोहमा शीर्ष नेता, विदेशी अतिथिलगायत आमन्त्रित विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए ।

विश्वका विभिन्न देशका नेताहरुलाई आमन्त्रण गर्नेक्रममा मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगसम्बन्धी वङ्गालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रका सरकार प्रमुखलाई उक्त सपथ ग्रहण कार्यक्रममा आमन्त्रण गर्नु भएको थियो । बिमस्टेकमा भारतसहित नेपाल, बङ्गलादेश, भुटान, म्यान्मार, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् ।

यस पटकको सपथग्रहण समारोहमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, बेलायत लगायतका देशका विभिन्न पार्टीका नेताहरुलाई पनि बोलाइएको थियो । सन् २०१४ को निर्वाचनमा २८२ सिट जितेर सरकार बनाएको भारतीय जनता पार्टीले अहिले त्यो भन्दा बढी ३०३ सिट ल्याएर फेरी सरकार गठन गरेको हो ।

कुल ५४३ सिट मध्ये भाजपा नेतृत्वको गठबन्धनले भने ३५३ सिट जित्न सफल भएको छ । प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय काँग्रेस भने नराम्रोसँग खुम्चिएको छ । दोस्रो पटक प्रधानमन्त्रीको शपथ लिएसँगै मोदीले मन्त्रिमण्डल गठन गर्नुभएको छ । जसमा बरिष्ठ नेता राजनाथ सिंह र भाजपा अध्यक्ष अमित शाहसमेत हुनुहुन्छ ।

यी हुन मोदी क्याविनेटका मन्त्री

राजनाथ सिंह, लखनऊ (उप्र)

अमित शाह, गांधी नगर (गुजरात)

नितिन गडकरी, नागपुर (महाराष्ट्र)

डीवी सदानंद गौड़ा, बेंगलुरु उत्तर (कर्नाटक)

निर्मला सीतारमण, राज्यसभा सदस्य

रामविलास पासवान, चुनाव नहीं लड़ा

नरेंद्र सिंह तोमर, मुरैना (मप्र)

रविशंकर प्रसाद, पटना साहिब (बिहार)

हरसिमरत कौर, बादल बठिंडा (पंजाब)

थावरचंद गहलोत, राज्यसभा सदस्य

एस जयशंकर, पूर्व विदेश सचिव

रमेश पोखरियाल निशंक, हरिद्वार (उत्तराखंड)

अर्जुन मुंडा, खूंटी (झारखंड)

स्मृति ईरानी, अमेठी (उप्र)

हर्षवर्धन, चांदनी चौक (दिल्ली)

प्रकाश जावड़ेकर, राज्यसभा सदस्य

पीयूष गोयल, राज्यसभा सदस्य

धर्मेंद्र प्रधान, राज्यसभा सदस्य

मुख्तार अब्बास नकवी, राज्यसभा सदस्य

प्रहलाद जोशी, धारवाड़ (कर्नाटक)

महेंद्रनाथ पांडेय, चंदौली (उप्र)

अरविंद सावंत, मुंबई दक्षिण (महाराष्ट्र)

गिरिराज सिंह बेगूसराय, (बिहार)

गजेंद्र सिंह शेखावत, जोधपुर (राजस्थान)

राज्य मंत्री

संतोष गंगवार, बरेली (उप्र)

राव इंद्रजीत सिंह, गुड़गांव (हरियाणा)

श्रीपद नाइक, उत्तर गोवा (गोवा)

जीतेंद्र सिंह उधमपुर, (जम्मू कश्मीर)

किरेन रिजिजू, अरुणाचल पश्चिम

प्रहलाद पटेल, दमोह (मप्र)

आरके सिंह, आरा (बिहार)

हरदीप पुरी, राज्यसभा सदस्य

मनसुख मांडविया, राज्यसभा सदस्य

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

एसपीपी पास गर्नै दिनुुहुन्न, नेकपा नेता, गुरुङ भिडियो

आईपीएल क्रिकेटमा लखनउले कोलकातालाई हरायो

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com