पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित ( फोटोफिचर)
एबीसी न्यूज
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार गणतन्त्र दिवसको अवसरमा आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदलाई सम्मान गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदक प्रदान गर्दै ।
काठमाडौं, १६ जेठ । सरकारले पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्यलाई ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच उहाँहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गर्नुभएको हो ।पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै एक हजार १०६ सभासद्लाई सम्मान गरिने छ । बिहान एक चरणको पदक वितरणको कार्यक्रम सकिएको र दिउँसो दोस्रो चरणको कार्यक्रम सञ्चालन हुनेछ ।
नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधान भाग ३२ अन्तर्गत धारा २७७ को उपधारा १ बमोजिम नेपालको संविधान निर्माणमा योगदान पु¥याएबापत सभासद्लाई सम्मान गरिएको हो । पदक पाउनेको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारी पहिला नम्बरमा हुनुहुन्छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदक प्रदान गरेर कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।
पदक लिन सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनालसमेत शीतल निवास पुग्नुभएको थियो । पदक लिन शीतल निवासमा संविधानसभाका सभासद्को उल्लेख्य सहभागिता रहेको थियो । नेपालको इतिहासमा पहिलोपटक विसं २०६४ चैत २८ गते र विसं २०७० मङ्सिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवास बिहीबार गणतन्त्र दिवसको अवसरमा आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदलाई पदक एवं सम्मान गर्ने क्रममा गृहमन्त्री रामबहादुर थापालाई पदक प्रदान गर्दै ।राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदलाई सम्मान गर्ने क्रममा सभामुख कृष्णबहादुर महरालाई पदक प्रदान गर्दै ।राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भवन शीतलनिवास बिहीबार आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदलाई पदक एवं सम्मान गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाललाई पदक प्रदान गर्दै ।राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदलाई सम्मान गर्ने क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई पदक प्रदान गर्दै ।राष्ट«पति विद्यादेवी भण्डारी बिहीबार गणतन्त्र दिवसको अवसरमा राष्ट«पति भवन शीतलनिवास आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई पदकसहित सम्मान गर्दै ।राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवास गणतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदलाई पदक एवं सम्मान गर्ने क्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई पदक प्रदान गर्दै ।राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवास गणतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदलाई पदक एवं सम्मान गर्ने क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पदक प्रदान गर्दै ।राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवास गणतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदलाई पदक एवं सम्मान प्रदान गर्दैराष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भवन शीतलनिवास आयोजित समारोहमा पहिलो र दोस्रो संविधानसभाका सभासदलाई पदकसहित सम्मान गर्दै ।
प्रतिक्रिया दिनुहोस्